Thursday, November 21, 2024

२०८१ मंसिर ६, बिहीबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

निरन्तर ओरालो लागिरहेको नेप्से बढ्यो


निरन्तर ओरालो लागिरहेको नेप्से बढ्यो

काठमाडौं । गत साताको मंगलबारदेखि निरन्तर ओरालो लागिरहेको नेप्से, सोमबार बढेर बन्द भएको छ। पछिल्ला ४ कारोबार दिनमा ५२.४४ अंक घटेको नेप्से, यस दिन २० अंकभन्दा बढी बढेर बन्द भएको छ। साताको दोस्रो कारोबार दिन नेप्से परिसूचक २१.३० अंक बढेर १८४७.५४ विन्दुमा पुगेको छ। यस दिन सेन्सेटिभ इण्डेक्स ३.८३ अंक बढेको छ भने फ्लोट इण्डेक्स १.३१ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.९६ प्रतिशत बढेको छ। नेप्से बढेपनि यस दिन कारोबार रकम भने अघिल्लो कारोबार दिनको तुलनामा केही घटेको छ।

अघिल्लो कारोबार दिन ९७ करोडभन्दा बढीको शेयर खरिदबिक्री भएको बजारमा यस दिन २८३ स्टकको ४७ हजार २३१ पटकको कारोबारमा ९३ करोड ८९ लाख २९ हजार रुपैयाँ बराबरको ३५ लाख ५५ हजार कित्ता शेयर कारोबार भएको छ।

सोमबार हाथवे इन्भेष्टमेन्टको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। सो कम्पनीको शेयरमूल्य यस दिन ३३ रुपैयाँ २० पैसा बढेर ३६५ रुपैयाँ ८० पैसामा अन्तिम कारोबार भएको छ। त्यसैगरी, यस दिन सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको शेयरमूल्य ९.९३ प्रतिशत बढेको छ भने आशा लघुवित्तको शेयरमूल्य ६ प्रतिशतभन्दा बढी बढेको छ। यस दिन शेयरमूल्य घटेका स्टकहरुको मूल्य गिरावट दर ५ प्रतिशतभन्दा कम रहेको छ। कारोबारमा आएको लक्ष्मी लघुवित्तको शेयरमूल्य यस दिन सर्वाधिक ४.२८ प्रतिशत घटेको छ।

कारोबार रकमका आधारमा यस दिन सोल्टी होटल शीर्ष स्थानमा रहेको छ। सो होटलको यस दिन ६ करोड ४३ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ। त्यसैगरी, यस दिन सोनापुर मिनरल्स एण्ड आयल लिमिटेडको साढे ५ करोडभन्दा बढीको शेयर खरिदबिक्री भएको छ भने हाथवे इन्भेष्टेमन्ट र हिमालयन बैंकको संस्थापक शेयर साढे ३ करोडभन्दा बढीको शेयर किनबेच भएको छ।

सोमबार १३ वटै उपसमूहको परिसूचक बढेका छन्। जसमध्ये होटल तथा पर्यटन उपसमूहको परिसूचक सर्वाधिक ३.७३ प्रतिशत बढेको छ। त्यस्तै, यस दिन व्यापार र निर्जीवन बीमा उपसमूहको परिसूचक २ प्रतिशतभन्दा बढी बढेको छ भने विकास बैंक, जलविद्युत, लगानी, जीवन बीमा, उत्पादन तथा प्रशोधन र अन्य उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी बढेको छ।