Wednesday, November 27, 2024

२०८१ मंसिर १२, बुधबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

बरहथवा विवादका कारण उखु बोकेका ८० वटा गाडी सडकमै अलपत्र


बरहथवा विवादका कारण उखु बोकेका ८० वटा गाडी सडकमै अलपत्र

काठमाडौं । सर्लाहीका चिनी मिलहरूमा उखुको अभाव भएको छ । बरहथवा भएको विवादका कारण प्रशासनले लगाएको निषेधाज्ञाले सवारीसाधन ठप्प भएपछि उखु अभाव भएको हो । स्थानीय प्रशासनले शुक्रवारदेखि निषेधाज्ञा जारी गरेदेखि यस रुटमा आवागमन ठप्प छ । जसका कारण चिनी मिलमा आवश्यक उखु आपूर्ति हुन नसकेपछि क्रसिङ प्रभावित हुँदै गएको रामनगरस्थित एभरेस्ट चिनी मिलका महाप्रबन्धक सुरेन्द्र शुक्लले बताए ।

मिलतर्फ आउँदै गरेका ८० वटा गाडी शुक्रवार साँझदेखि वरहथवा एरियामा अलपत्र छन् । ती गाडीमा १३ हजार क्विन्टल उखु छन् । सोही ठाउँमा इन्दुशंकर चिनी मिलका पनि २०—२५ वटा उखु बोकेका गाडी बाटामै रहेका छन् । क्रसिङ सिजन २०८०८१ मा न्यूनतम ३० लाख क्विन्टल उखु क्रसिङ गरी दुई लाख ७० हजार क्विन्टल चिनी उत्पादनको लक्ष्य लिएर पुस ४ गतेदेखि सञ्चालनमा आएको एभरेस्ट चिनी मिललाई क्रसिङका लागि दैनिक ४० हजार क्विन्टल उखु आवश्यक पर्छ । यसमध्ये दैनिक २० हजार क्विन्टल महोत्तरीबाट र बाँकी उखु बरहथवाको बाटो हुँदै आपूर्ति हुने गरेको छ ।

अहिले उखु क्रसिङको मुख्य सिजन हो । उखु उत्पादक कृषक सङ्घ महोत्तरीका अध्यक्ष नरेश सिंह कुशवहाले चलान वितरण गर्दैमा चाहिएको मात्रामा उखु आपूर्ति हुन नसक्ने बताए । चलान पाएपछि मिल गेटसम्म उखु पुर्याउन किसानलाई कम्तीमा तीन चार दिनको समय लाग्ने हुँदा उखुको अभाव तत्कालै पुरा हुन नसक्ने उनको भनाई छ ।