Friday, November 22, 2024

२०८१ मंसिर ७, शुक्रबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

रुस—युक्रेन युद्ध अन्त्य भए आर्थिक तरलता हट्न सक्छ !


रुस—युक्रेन युद्ध अन्त्य भए आर्थिक तरलता हट्न सक्छ !

एजेन्सी । दक्षिण अफ्रिकाका राष्ट्रपति सिरिल रामाफोसा किभ र मस्कोबीच शान्ति स्थापनाका लागि मध्यस्थता गर्न चाहने अफ्रिकी नेताहरूको प्रतिनिधिमण्डलसहित युक्रेन पुग्नुभएको छ । रुसी समकक्षी भ्लादिमिर पुटिनलाई भेट्न सेन्ट पिटर्सबर्ग जानुअघि चार अफ्रीकी देशका राष्ट्रपति र तीन प्रतिनिधिले युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीसँग किभमा वार्ता गर्ने कार्यक्रम रहेको छ ।

गएको वर्ष रुसले युक्रेनमाथि आक्रमण गरेपछि खाद्यान्नको बढ्दो मूल्य र विश्वव्यापी व्यापारमा परेको व्यापक प्रभावका कारण नराम्ररी प्रभावित भएको महाद्वीपको आवाजलाई उच्चस्तरीय कुटनीतिक टोलीले टेबलमा ल्याउने बताइएको छ । रामाफोसासँगै सेनेगलका म्याकी सल, जाम्बियाका हाकाइन्दे हिचिलेमा र कोमोरोसका अध्यक्ष अजाली असौमानी पनि सहभागी रहेका छन् । युगान्डाका राष्ट्रपति योवेरी मुसेभेनी, इजिप्टका अब्देल फत्ताह अल–सिसी र कंगो–ब्राजाभिलका राष्ट्रपति डेनिस सासु नगुएसोले भ्रमण दलमा आफ्ना प्रतिनिधि पठाएका छन् ।