Monday, January 12, 2026

२०८२ पुष २८, सोमबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

एसियन लाइफको प्रवेशसँगै यति एयरलाइन्समा सापकोटा भए सिइओ नियुक्त


एसियन लाइफको प्रवेशसँगै यति एयरलाइन्समा सापकोटा भए सिइओ नियुक्त

काठमाडौं, एसियन लाइफ इन्स्योरेन्स कम्पनीले यति एयरलाइन्समा ४९ प्रतिशत सेयर स्वामित्व लिएको छ।यति एयरलाइन्समा नयाँ साझेदार भित्रिएसँगै कम्पनीमा सोमबारबाट नयाँ प्रमुख कार्यकारी अधिकृत नियुक्त गरेको छ। यति एयरलाइन्सको प्रमुख कार्यकारी अधिकृत (सिइओ) मा सुवास सापकोटा नियुक्त भएका छन्।

सापकोटा यसअघि इ–सेवामा सिइओ थिए। यति एयसलाइन्सले एक वर्ष भित्रै आवश्यक प्रक्रिया पुर्‍याएर सर्वसाधारणलाई सेयर जारी गर्ने भएको छ।यति एयरलाइन्सले आइपीओमा जाने गरी नयाँ साझेदार भित्र्याएको हो।

अब आवश्यक प्रक्रिया पूरा गरेर एक वर्षभित्रै यति एयरलाइन्सले सर्वसाधारणको लागि आइपीओ जारी गर्ने भएको छ। आन्तरिक वायुसेवा दिइरहेको कम्पनी २५ वर्षपछि पब्लिक कम्पनीमा रुपान्तरण भएको हो।