Saturday, May 18, 2024

२०८१ जेष्ठ ५, शनिबार

विजनेस दर्शन || Online Portal

कीर्तिपुर नगरपालिका —१० हस्पिटल रोड

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । कीर्तिपुर नगरपालिका —१० हस्पिटल रोड

Call: फोन नं. 9828136583

[email protected]
amardeep agarbatti

विदेशी मुद्रा सञ्चिति १६ खर्ब ४३ अर्ब


विदेशी मुद्रा सञ्चिति १६ खर्ब ४३ अर्ब

काठमाडौं । मुलुकको विदेशी मुद्रा सञ्चिति १६ खर्ब ४३ अर्ब रुपैयाँ बराबर पुगेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको वित्तीय प्रतिवेदनअनुसार असोज मसान्तसम्म विदेशी मुद्रा सञ्चिति १६ खर्ब ४३ अर्ब ९ करोड रुपैयाँ बराबर पुगेको हो । २०८० असार मसान्तसम्म यस्तो सञ्चिति १५ खर्ब ३९ अर्ब ३६ करोड रुपैयाँ थियो ।

तीन महिनाको अवधिमा कुल विदेशी विनिमय सञ्चिति ६.७ प्रतिशतले वृद्धि भएको हो । अमेरिकी डलरमा यस्तो सञ्चिति २०८० असार मसान्तमा ११ अर्ब ७१ करोड रहेकोमा असोज मसान्तमा ५.३ प्रतिशतले वृद्धि भई १२ अर्ब ३३ करोड पुगेको    छ ।

कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति असोजमसान्तसम्म १४ खर्ब ३३ अर्ब ३६ करोड रुपैयाँ बराबर छ । बैंक तथा वित्तीय संस्था (नेपाल राष्ट्र बैंक बाहेक) सँग रहेको विदेशी विनिमय सञ्चिति २ खर्ब ९ अर्ब ७३ करोड रुपैयाँ बराबर छ । कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २२.० प्रतिशत छ ।