काठमाडौं । कीर्तिपुर नगाउँ स्थीत दर्शन बचत तथा ऋण सहकारी संस्था लि.ले निक्षेप फिर्ताको प्रक्रिया अघि बढाएको छ । संस्थाले आइतबार एक विज्ञप्ती जारी गर्दै अति आवश्यक परेका शेयर सदस्य, जेष्ठ नागरिक, अशक्त, हस्पिटल भर्ना भइ तत्काल सर्जरी गर्नु पर्ने अवस्थाका शेयर सदस्यकालागि आवश्यक कागजातका आधारमा आवश्यक रकम उपलब्ध गराउने जनाएको हो । अध्यक्ष दिनेश दर्शनधारीले जारी गरेको विज्ञप्तीमा भनिएको छ, देशभरिका सहकारी संस्थाहरुमा अहिले पनि आर्थिक तरलता चरमरुपमा रहेको छ, यस्तो अवस्थामा हामी पनि समस्यामा छौं । ऋण अशुली सून्य प्रायःछ भने, बचत पनि छैन् यस्तो अवस्थामा तत्काल रकम फिर्ताको अवस्था नभएकाले आर्थिक व्यवस्थापन समितिको सहयोगमा आगामी फागुन पहिलो साताबाट क्रमसः रकम फिर्ताको प्रक्रिया अघि बढ्ने छ ।
विज्ञप्तीमा भनिएको छ, दर्शन साकोसका शेयर सदस्यहरुले आफ्नो नियमति बचत गरि संस्थाको हितकालागि सहयोग गरिदिनु होला । संस्थाले माघ अन्तिमबाट उजुरीकर्ता शेयर सदस्य र प्राथमिकताको आधारमा फागुन पहिलो साताबाट रकम फिर्ताको प्रक्रिया अघि बढाउने छ । वागमति प्रदेश संस्कृति पर्यटन तथा सहकारी मन्त्रालय अन्र्तगतको सहकारी महाशाखाका रजिस्ट्रार राधाकृष्ण खतिवडाको संयोजकत्वमा दर्शन साकोस र उजुरीकर्ताबीच भएको छलफलमा भएका सहमति अनुसार संस्थाले काम अघि बढाएको छ । ३१ जना उजुरी कर्ता मात्रै नभइ १० हजारबढी शेयर सदस्यको दायित्व संस्थासँग भएकाले जारी स्वेतपत्र र ऋण असुली तथा रकम व्यवस्थापन समितिको सिफारिसको आधारमा अत्यावश्यक शेयर सदस्य तथा निक्षेपकर्ताको रकम फिर्ता हुदै जाने छ । विज्ञप्तीमा उल्लेख छ ।
प्रदेश सहकारी महाशाखामा भएको सहमति अनुसार ३१ जना उजुरी कर्ताहरुमध्य केहिले जग्गा जमिनबाट निक्षेप सुरक्षीत गर्न सहमति जनाएकाले अन्यलाई सोहि प्रक्रिया अपनाउन संस्थाले आग्रह समेत गरेको छ । त्यस्तै, सहमति अनुसार ५० लाखको ५ प्रतिशत रकम मात्रै व्यवस्थापन भएकाले शनिवार बसेको नगद व्यवस्थापन समितिको बैठकको निर्णय अनुसार उजुरी कर्ता ३१ जनालाई मध्य प्राथमिकताको आधारमा ज्येष्ठ नागरिक, विरामीलाई पहिलो प्राथमिकताका दिई फागुन ६ गते आइतबार उजुरीकर्ताका संयोजकलाई रकम बुझिलिन आग्रह गरेको छ ।
त्यस्तै, हस्पिटल भर्ना भई सर्जरी गर्नुपर्ने अवस्थाका शेयर सदस्यले तत्काल संस्थामा सम्पर्क गर्न संस्थाले अनुरोध गरेको छ । संस्थाले महिनामा कम्तीमा १० जना विरामीकालागि अत्यावश्यक रकम उपलव्ध गराउन सकिने जनाएको छ । त्यस्तै विज्ञप्तीमा संस्थालाई दिगो बनाउन नियमित बचतको आवश्यकता रहेकाले नियमित बचत गर्न पनि आग्रह गरेको छ । १ सय देखि ५० हजारसम्म जम्मा रहेको सदस्यहरुबाट प्रत्येक महिना ५०० जनाको सम्पूर्ण बचत फिर्ता गर्ने भएकाले सोको विवरण नगत व्यवस्थापन समितिको सिफारिसमा सूचना पार्टीमा टासगरिने भएकाले फागुन १० गतेभित्र नाम प्रकाशितले टोकन लिन अनुरोध गरेको छ ।
यसैबीच, संस्थाले एक सदस्य एक सहकारीको नियमलाई आत्मसाथ गर्दै शेयर सदस्यहरुले पनि विधीलाई पालना गर्न आग्रह गरेको छ । पछिल्लो समय सहकारी विभाग र मातहतका निकायबाट निरन्तर हुने ताकेता, शेयर सदस्यहरु लक्षित विभिन्न सोधखोजमा संस्थाले आवश्यक सहयोग गरेको भन्दै सम्पत्ती शुद्धिकरण विधेयक संघीय संसदबाट पारित भइ सकेको अवस्थामा संस्था गम्भीर रहेको विज्ञप्तीमा उल्लेख छ ।
यस्तो अवस्थामा संस्थालाई बचाउनु र शेयर सदस्यको निक्षेपको सुनिश्चीता पहिलो प्राथमिकता भएकाले संस्थाले कुनै पनि निर्णय शेयर सदस्यको हित विपरित नगर्ने अध्यक्ष दर्शनधारीले बताउनुभयो । नगद व्यवस्थापन समितिका संयोजक जेनिस महर्जन चरम आर्थिक तरलताकाबीच संस्थाले केहि रकम जम्मा गरेकाले त्यसलाई शेयर सदस्यहरुमाझ वितरण गर्न लागिएको बताए । उनले अहिलेका अवस्थामा दर्शन साकोस मात्रै नभइ धेरै संस्था समस्यामा रहेका छन्, उपयुक्त विकल्प जग्गाबाट हिसाव मिलान गर्नु राम्रो हुन्छ ।
तर, नगद व्यवस्थापन चुनौति बन्दै गएको छ ।
त्यस्तै, संस्थाकी सचिव तथा सम्पत्ती व्यवस्थापन समितिका संयोजक यशोदा राईले संस्थाबाट ऋण लिएकाहरुसँग जग्गाबाटै भएपनि अशुली प्रक्रिया अघि बढेको, त्यसलाई शेयर सदस्यहरुमा वितरणको काम पनि भइरहेकाले संस्थालाई बदनाम गर्नु भन्दा उपयुक्त विकल्प खोज्नु राम्रो हुने बताइन । अहिले सबै सहकारी संस्थाहरुमा समस्या छ, समाधानकालागि राज्य मौन छ, यस्तो अवस्थामा निक्षेप फिर्ताको चाप बढ्दो छ । यसको व्यवस्थापनकालागि संस्थाले आवश्यक प्रक्रिया अघि बढाएको छ । संस्थाबाट ऋण लिने तर, भूत्तानीमा आनाकानी गर्ने शेयर सदस्यहरुका विषयमा संस्था गम्भीररुपमा अघि बढ्ने उनको भनाई छ ।