Saturday, July 26, 2025

२०८२ श्रावण ११, शनिबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

राजनीतिक दलहरूको एजेण्डा रोजगारी सिर्जना र राजश्व बढाउने हुनुपर्छः अध्यक्ष ढकाल


राजनीतिक दलहरूको एजेण्डा रोजगारी सिर्जना र राजश्व बढाउने हुनुपर्छः अध्यक्ष ढकाल

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले राजनीतिक दलहरूको एजेण्डा रोजगारी सिर्जना र राजश्व बढाउने कुरा हुनुपर्ने बताएका छन् । बिहीबार काठमाडौँमा आयोजित राइजिङ नेपाल समिट २०२५ को अवसरमा उनले यस्तो बताएका हुन् । राजनीतिक दलहरू मिसन ०८४ को एजेण्डा बोकेर हिँडिरहेको भन्दै रोजगारी सिर्जना र राजश्व बढाउने कुरा राजनीतिक दलहरूको एजेण्डा बन्नुपर्ने बताए । उनले राजनीतिक दलहरूले एकले अर्कोलाई नराम्रो देखाएर मत बटुल्ने काम गर्नु भन्दा पूर्वाधार निर्माण, रोजगारी सिर्जना, लगानी वृद्धि गर्ने कुरा प्राथमिकतामा राख्नुपर्ने बताए । अध्यक्ष ढकालले हरेक नेपालीले आज रोजगारी खोजिरहेको समेत बताए ।