काठमाडौं,प्रधानमन्त्री दाहालले इजरायलमा रहेका नेपाली नागरिकहरूको उद्धार, स्वदेश फिर्ती, राहत लगायतका विषयमा छलफल गरी निर्णय गर्न मन्त्रिपरिषद्को विशेष बैठक गर्ने भएका छन्।बैठक सोमबार अपराह्न ४ बजे सिंहदरबारमा बोलाइएको प्रधानमन्त्रीको सचिवालयले बताएको छ। मन्त्रिपरिषदको बैठकपछि प्रचण्डले बेलुका ५ बजे सिंहदरबारमा नै सर्वदलीय बैठक बोलाएका छन्बै।
ठकमा इजरायलमा विकसित परिस्थिति र नेपाली नागरिकहरूको सुरक्षा र हितसम्बन्धी विषयमा छलफल हुनेछ।–हमास युद्धमा परेका र फसेका नेपालीहरूको अवस्थाबारे एकीन गर्न र उनीहरूको उद्दार गर्नका लागि आइतबार बिहान प्रधानमन्त्रीले बालुवाटारमा उपप्रधानमन्त्री रक्षा, उपप्रधानमन्त्री गृह, परराष्ट्रमन्त्री, शिक्षामन्त्री, राष्ट्रिय सुरक्षा सल्लाहकार, परराष्ट्र सचिव र सुरक्षा अङ्गका प्रमुखहरूको आकस्मिक बैठक बोलाएका थिए।
सो बैठकले माननीय परराष्ट्रमन्त्री एनपी साउदको संयोजनमा परराष्ट्र, शिक्षा लगायत सम्बन्धित मन्त्रालयका प्रतिनिधि, सुरक्षा अङ्गका प्रतिनिधि, विदेशस्थित दूतावास, नियोग सहभागी एक ¥यापिड एक्सन टिम गठन गरेको छ । उक्त टीमको बैठकले उद्दार र नेपाली फीर्तिसम्बन्धी आवश्यक गृहकार्य गरिएको छ।