Saturday, May 18, 2024

२०८१ जेष्ठ ५, शनिबार

विजनेस दर्शन || Online Portal

कीर्तिपुर नगरपालिका —१० हस्पिटल रोड

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । कीर्तिपुर नगरपालिका —१० हस्पिटल रोड

Call: फोन नं. 9828136583

[email protected]
amardeep agarbatti

दिनदिनै बढ्दै गएको महङ्गीप्रति सरकारको ध्यान गएनः नेत्री प्रसाईं


दिनदिनै बढ्दै गएको महङ्गीप्रति सरकारको ध्यान गएनः नेत्री प्रसाईं

काठमाडौं । नेपाली कांग्रेसकी केन्द्रीय सदस्य सरिता प्रसाईंले दिनदिनै बढ्दै गएको महङ्गीप्रति सरकारले ध्यान नदिएको भन्दै विरोध गरेकी छिन् । नेपाली कांग्रेस केन्द्रीय कार्य–समिति बैठकमा उनले जनताले पाएको दुःखका विषयमा सरकारको ध्यान जानुपर्नेमा जोड दिइन् ।

केन्द्रीय सदस्य प्रसाईंले भनिन्, महङ्गी यस्तो बढेको छ, जनताले थेग्न सक्ने अवस्था छैन । सरकार के हेरेर बसेको छ ? जनताले सरकार भएनभएको महशुस गर्न पाएका छैनन् ।’

नेकपा(माओवादी केन्द्र)का अध्यक्ष प्रधानमन्त्री भए पनि कांग्रेस पनि सरकारमा रहेकाले पार्टीले जवाफ दिनुपर्नेमा उनको जोड थियो । उनले व्यवसायी र उपभोक्ताका पक्षमा कसले बोलिदिने भन्दै पार्टीलाई प्रश्न गरिन् ?