काठमाडौं । स्थानीय कच्चा पदार्थमा आधारित लघु, घरेलु र साना उद्योगलाई प्रोत्साहन गर्न सहुलियतपूर्ण ऋण र बजार प्रवर्द्धनका कार्यक्रम सञ्चालन गरिनेछ। रेशाजन्य, हाते कागज र हस्तकला लगायतका उद्योगलाई प्रविधि स्तरोन्नति गर्न र नयाँ प्रविधिको उपयोग गर्न अनुदान सहयोग गरिनेछ। लघु उद्यम विकास कार्यक्रमका लागि १ अर्ब २ करोड विनियोजन गरेको छु।
लघु, घरेलु तथा साना उद्योगको लागि १ अर्ब २ करोड बजेट विनियोजन