Saturday, June 07, 2025

२०८२ जेष्ठ २५, शनिबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

बङ्गलादेशमा मोहमद यूनुसको नेतृत्वमा सरकार गठनको तयारी


बङ्गलादेशमा मोहमद यूनुसको नेतृत्वमा सरकार गठनको तयारी

काठमाडौं । बङ्गलादेशकी पुर्वप्रधानमन्त्री एवं विपक्षी दलकी नेतृ खालिदा जिया जेलबाट रिहा हुने भएकी छन्। बङ्गलादेशका राष्ट्रपति मोहमद शहबिद्दीनले जेलमा रहेकी खालिदा जियालाई तत्काल रिहा गर्न आदेश दिएको स्थानीय मिडियाहरूले उल्लेख गरेका छन्।

७८ वर्षीय जिया सन् २०१८ मा भ्रष्टाचारको मुद्दामा १७ वर्षको जेल सजाय सुनाइएपछि हाल जेलमा रहेकी छन्। यसैबीच नोबेल पुरस्कार विजेता मोहमद यूनुसको नेतृत्वमा बङ्गलादेशमा अन्तरिम सरकार गठनको तयारी शुरु भएको बताइएको छ। आरक्षण विरोधी अभियानका संयोजक नाहिद इस्लामले यूनुसको नेतृत्वमा अन्तरिम सरकारको रूपरेखा तयार भइरहेको बताएका छन्।

यूनुसले बङ्गलादेशमा ग्रामीण बैङ्कको स्थापना गरेर गरिबी विरोधी अभियान सञ्चालन गरेका कारण २००६ मा नोबेल शान्ति पुरस्कार पाएका थिए। सोमबार प्रधानमन्त्रीबाट राजीनामा दिएर भारतको शरणमा रहेकी शेख हसिना भने अहिलेसम्म भारतमै रहेकी छन् भने उनी लन्डन जान सक्ने बताइएको छ।