Saturday, May 18, 2024

२०८१ जेष्ठ ५, शनिबार

विजनेस दर्शन || Online Portal

कीर्तिपुर नगरपालिका —१० हस्पिटल रोड

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । कीर्तिपुर नगरपालिका —१० हस्पिटल रोड

Call: फोन नं. 9828136583

[email protected]
amardeep agarbatti

भूकम्पपीडितलाई सूर्य नेपालको १ करोड ४० लाख


भूकम्पपीडितलाई सूर्य नेपालको १ करोड ४० लाख

काठमाडौं । सूर्य नेपाल प्रालिले भूकम्पपीडितको तत्काल उद्धार, राहत तथा पीडितको पुनःस्थापनामा सघाउन १ करोड ४० लाख रुपैयाँ सहयोग गरेको छ । १ करोड रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप राहात कोषमा जम्मा हुने गरी कम्पनीका प्रबन्ध निर्देशक रवि रायवरम, भाइस प्रेसिडेन्ट रवि केसी, विकास भुत्रा, दिप्रा लाहिरी र वित्त प्रबन्धक प्रेम अर्यालको टोलिले प्रधानमन्त्री पुष्पकमल दाहाललाई हस्तान्तरण गरेको कम्पनीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । कम्पनीले थप ३५ लाख बराबरको खाद्यान्न, टारपाउलिन र ब्ल्यांकेट जाजरकोट पठाइसकेको छ । ५ लाख बराबरको औषधि वीर अस्पतालको प्रभावित क्षेत्रतर्फ जाने टोलीलाई हस्तान्तरण गरिसकेको विज्ञप्तिमा जनाइएको छ ।