Tuesday, July 29, 2025

२०८२ श्रावण १४, मंगलवार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

दलाल पूँजीवादी व्यवस्था कायमै रहेकाले नेपालमा भ्रष्टाचार मौलाएको होः महासचिव विप्लव


दलाल पूँजीवादी व्यवस्था कायमै रहेकाले नेपालमा भ्रष्टाचार मौलाएको होः महासचिव विप्लव

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले दलाल पूँजीवादी व्यवस्था कायमै रहेकाले नेपालमा पनि भ्रष्टाचार मौलाएको बताएका छन् ।

सोमबार काठमाडौंमा आयोजित ‘समाजवादी यात्राको चुनौतीः भ्रष्टाचार र दण्डहिनता’ विषयक प्रवचन गोष्ठीमा बोल्दै उनले उक्त कुरा बताएका हुन् ।

उनले अहिलेको भ्रष्टाचार विरोधी अभियानमा माओवादी केन्द्र नेतृत्वको सरकारमा गृहमन्त्री नारायणकाजी श्रेष्ठ हुनु, त्यसमा उपेन्द्र यादवसहितका दलहरू सहभागी हुनु खुसीको कुरा भएको बताए । ‘अहिले गृहमन्त्री, उपप्रधानमन्त्रीजी जो हुनुहुन्छ । खुसी पनि लागेको छ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) को नेतृत्वमा सरकार छ । र, हाम्रो उपेन्द्र यादव कमरेड पनि हुनुहुन्छ,’ उनले भने, ‘अरु समाजवादी पार्टीहरू पनि सबै हुनुहुन्छ । र, एउटा लडाईं जस्तो पनि देखिएको छ । यो राम्रो कुरा हो । हामीले भनेका छौं–सरकारले त्यो लडाईं लड्नुपर्छ ।’

भ्रष्टाचार विरोधी लडाईंमा सरकार आफैं सहभागी हुनु राम्रो कुरा भएको उल्लेख गर्दै महासचिव विप्लवले त्यसका लागि सरकारलाई आफ्नो पार्टीले सडकबाट जनतालाई एकीकृत गरेर साथ दिइरहेको दाबी समेत गरे ।