Saturday, May 18, 2024

२०८१ जेष्ठ ५, शनिबार

विजनेस दर्शन || Online Portal

कीर्तिपुर नगरपालिका —१० हस्पिटल रोड

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । कीर्तिपुर नगरपालिका —१० हस्पिटल रोड

Call: फोन नं. 9828136583

[email protected]
amardeep agarbatti

टाइगर प्यालेसका अध्यक्ष बुद्धिसागर सुवेदीले भनेःनेपालमा वैदेशिक लगानीको वातावरण छैन भन्ने सन्देश जानदिन हुँदैन


टाइगर प्यालेसका अध्यक्ष बुद्धिसागर सुवेदीले भनेःनेपालमा वैदेशिक लगानीको वातावरण छैन भन्ने सन्देश जानदिन हुँदैन

काठमाडौं । विदेशमा किनबेच भएको भनिएको टाइगर प्यालेसका अध्यक्ष बुद्धिसागर सुवेदीले नेपालमा वैदेशिक लगानीको वातावरण छैन भन्ने सन्देश जाने भएर टाइगर प्यालेस किनेको बताएका छन् । बुधबार अध्यक्ष सुवेदीले पत्रकार सम्मेलनमार्फत नेपालमा वैदेशिक लगानीको वातावरण छैन भन्ने सन्देश जाने भएर भैरहवा, रुपन्देहीको टाइगर प्यालेस रिसोर्ट किनेको बताएका हुन । अष्ट्रिलियन कम्पनी सिल्भर हेरिटेज गु्रप लगानीमा सञ्चालित टाइगर प्यालेसलाई गैरआवासीय नेपालीहरुले हिमालयन टाइगर इन्भेष्टमेन्ट इक मार्फत सिल्भर हेरिटेज लिमिटेडमा भएको सबै शेयर खरिद गरिएको हो ।

कोभिड महामारी र रिसोर्ट सञ्चालनको क्रममा देखिएको आन्तरिक विवादको कारण केही वर्षदेखि पूर्णरुपमा सञ्चालन हुन नसकेको प्रत्यक्ष वैदेशिक लगानीमा सञ्चालन परियोजना बन्द हुने अवस्थामा पुगेको र विदेशमा समेत नेपालमा वैदेशिक लगानीको वातावरण नभएको गलत सन्देश जाने भएपछि रिसोर्ट खरिद गरिएको अध्यक्ष सुवेदीले बताए ।