Sunday, November 24, 2024

२०८१ मंसिर ९, आईतवार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

नेपालको पूर्वाधार विकासमा साउदीको चासो, मन्त्री ज्वालासँग छलफल


नेपालको पूर्वाधार विकासमा साउदीको चासो, मन्त्री ज्वालासँग छलफल

काठमाडौं, भदौ ७ । नेपालका लागि साउदी अरबका राजदूत साद नासिर अब्दुल्लाह अबु हमिदबीच भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वाला र पूर्वाधार विकास र आयोजना साझेदारीका विषयमा छलफल भएको छ। बुधबार भएको भेटवार्तामा मन्त्री ज्वालाले साउदी अरब रोजगारीको गन्तव्य भएको बताउँदै अब भौतिक पूर्वाधार र यातायातका क्षेत्रमा पनि साझेदारी गर्नुपर्ने बताएका छन्।

साउदीमा नेपालीको श्रमले ठूलो भौतिक विकास भएको छ। त्यहाँको स्रोत, साधन र प्रविधि नेपालको भौतिक विकासमा आवश्यक छ मन्त्री ज्वालाले भने, दी अरबमा करिब ४ लाख नेपाली कामदारले श्रम गरिरहेका छन्। उनीहरूले पनि केही दक्षता पाएकै छन् । त्यो दक्षता भौतिक विकासमा लगाउन हामी तयार छौं। त्यसका लागि साउदी सरकारको सहयोग हामीलाई आवश्यक छ।

साउदी सरकारले साउदी विकास कोषमार्फत नेपालको भौतिक पूर्वाधारको विकासमा सहयोग गरेको भन्दै मन्त्री ज्वालाले विकास परियोजना बढाउन आग्रह गरे। नेपाल सन् २०२६ मा अतिकम विकसित मुलुकबाट विकसित मुलुकमा स्तरोन्नति हुँदैछ। त्यसका लागि विकासलाई तीव्रता र दिगोपन सुनिश्चित गर्न पूर्वाधार क्षेत्रमा थप लगानी र सहायता आवश्यक छ, मन्त्री ज्वालाले भने। साउदी राजदूत हमिदले नेपालको पूर्वाधार तथा यातायातका क्षेत्रमा सहकार्य गर्न आफूहरू तयार रहेको बताए।

पूर्वाधार विकासमा साझेदारी गर्न हाम्रो देश तयार छ। तर त्यसका लागि ठोस प्रस्ताव नेपाल सरकारले दिनुपर्‍यो, राजदूत हमिदले भने। साउदी अरेबियाले वर्ल्ड एक्सपो, २०३० आयोजना गर्नका लागि उम्मेदवारी दिएको छ। साउदीसँगै दक्षिण कोरिया र इटालीले पनि आयोजनाका लागि उम्मेदवारी दिएका छन्। तर नेपालले साउदी अरबलाई सहयोग गर्ने निर्णय गरिसकेको मन्त्री ज्वालाले बताएका छन्।