Tuesday, July 15, 2025

२०८२ असार ३१, मंगलवार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

साना ठूला सबै रकमको बिमा शुल्क संकलनलाई प्राथमिकता दिन प्राधिकरणको निर्देशन


साना ठूला सबै रकमको बिमा शुल्क संकलनलाई प्राथमिकता दिन प्राधिकरणको निर्देशन

काठमाडौं । साना ठूला सबै रकमको बिमा शुल्क संकलनलाई प्राथमिकता दिन बिमा प्राधिकरणले कम्पनीहरूलाई निर्देशन दिएको छ । आर्थिक वर्षको अन्त्य र नयाँ आर्थिक वर्षका लागि योजना बनाउन अहिले कम्पनीहरू तल्लिन रहेकाले प्राधिकरणले यस्तो निर्देशन दिएको हो ।


‘बिमा कम्पनीहरूले मातहतका कर्मचारी र विभाग तथा कार्यालयलाई व्यावसायिक लक्ष्य निर्धारण गर्दा सावधिक र एकल बिमाशुल्क भुक्तानी हुने बिमालेखहरूलाई मात्र प्राथमिकता दिने गरेका गुनासाहरू आउने गरेको छ,’ प्राधिकरणको विज्ञप्तिमा भनिएको छ, ‘ कम्पनीहरू ठूलो रकमको बिमाशुल्क सङ्कलनमा केन्द्रित हुँदा बिमाको पहुँच न्यून आय भएका वर्गसम्म पुग्न सकेको छैन ।’

यही कारण बिमा अवधि नपुग्दै बिमालेख व्यतित तथा समर्पण हुनेलगायतका समस्या देखापरेको र त्यसबाट गुणस्तरीय एवं भरपर्दो बिमा सेवा प्रवाहमा चुनौती थपिएको सन्दर्भमा प्राधिकरणले त्यस्तो निर्देशन दिएको प्रवक्ता सुशीलदेव सुवेदीले  बताए ।

प्राधिकरणले जीवन बिमा कम्पनी र लघुजीवन बिमा कम्पनीलाई आगामी आर्थिक वर्षका लागि आ–आफ्ना मातहतका कर्मचारी, विभाग तथा कार्यालयलाई व्यावसायिक लक्ष्य आवधिक रूपमा तय गर्ने मासिक, त्रैमासिक, अर्धवार्षिक र वार्षिक लक्ष्य निर्धारण गर्दा प्रथम बिमाशुल्कका अतिरिक्त नवीकरण बिमाशुल्क तथा म्यादी जीवन बिमाशुल्कलाई समेत अनिवार्य समावेश गर्न निर्देशन दिएको छ ।

सबै जीवन बिमा कम्पनी र लघुजीवन बिमा कम्पनीलाई जारी गरेको परिपत्रमा प्राधिकरणले ‘आगामी आर्थिक वर्षका लागि आफ्ना मातहतका कर्मचारी, उपशाखारशाखारप्रादेशिक कार्यालय र विभागलाई व्यावसायिक लक्ष्य निर्धारण गर्दा प्रथम बिमा शुल्कका अतिरिक्त नवीकरण बिमाशुल्क तथा म्यादी जीवन बिमाशुल्कलाई समेत अनिवार्य समावेश गर्ने गरी निर्धारण गर्न’ निर्देशन दिएको बताइएको छ ।