Sunday, November 24, 2024

२०८१ मंसिर ९, आईतवार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

विद्युतीकरणको माध्यमबाट देशको आर्थिक विकास र समुन्नति सम्भवः मन्त्री बस्नेत


विद्युतीकरणको माध्यमबाट देशको आर्थिक विकास र समुन्नति सम्भवः मन्त्री बस्नेत

काठमाडौैं । ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री शक्तिबहादुर बस्नेतले विद्युतीकरणको माध्यमबाट देशको आर्थिक विकास र समुन्नति सम्भव रहेको बताएका छन् । शनिबार नेपाल विद्युत प्राधिकरणको ३८ औं वार्षिकोत्सवको अवसरमा काठमाडौंमा आयोजित विद्युतीय सवारीसाधनको र्‍यालीमा सहभागी भएपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । मन्त्री बस्‍नेतले विद्युतीकरणको माध्यमबाट देशको आर्थिक विकास, समुन्नति र स्वच्छ वातावरणको क्षेत्रमा विद्युतप्राधिकरणले महत्वपूर्ण योगदान गरेको उल्लेख गरे ।

उनले स्वच्छ वातावरणको लागि विद्युतीय सवारी साधनको प्रयोग बढाउनुपर्नेमा जोड दिए । उनले भने, ‘विद्युतीकरणको माध्यमबाट देशको आर्थिक विकास, समुन्नति र स्वच्छ वातावरणको क्षेत्रमा विद्युत प्राधिकरणले महत्वपूर्ण योगदान गरेको छ । स्वच्छ वातावरणको लागि विद्युतीय सवारी साधनको प्रयोगका साथै सम्पूर्ण विद्युतीय सामग्रीको प्रचारप्रसार गर्नुपर्छ ।’ नेपाल विद्युत प्राधिकरणले भदौ १ गते आफ्नो ३८ औं वार्षिकोत्सव मनाउँदै छ । सो अवसरमा प्राधिकरणले सप्ताहव्यापी रुपमा विभिन्न कार्यक्रमहरू गर्दै आएको छ ।