Saturday, May 31, 2025

२०८२ जेष्ठ १८, शनिबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

राष्ट्र बैंकद्धारा सहकारी संस्थाका लागि नयाँ निर्देशन तथा मापदण्ड स्वीकृत


राष्ट्र बैंकद्धारा सहकारी संस्थाका लागि नयाँ निर्देशन तथा मापदण्ड स्वीकृत

काठमाडौं । नेपाल राष्ट्र बैंकले बचत तथा ऋण कारोबार गर्ने सहकारी संस्थाका लागि नयाँ निर्देशन तथा मापदण्ड स्वीकृत गरी कार्यान्वयनमा ल्याएको छ ।

‘बचत तथा ऋण कारोबार गर्ने सहकारी संस्थाका लागि निर्देशन तथा मापदण्ड २०८१’ मार्फत राष्ट्र बैंकले सहकारी संस्थाले बैंक तथा वित्तीय संस्था र सहकारी बैंकबाट आफ्नो कुल सम्पत्तिको ५ प्रतिशतमात्र ऋण लिन सक्ने गरी व्यवस्था गरेको छ । यसरी ऋण लिँदा पूँजीकोषको शतप्रतिशतभन्दा बढी ऋण लिन नपाइने मापदण्डमा समेटिएको छ ।

नयाँ मापदण्डमा संस्थाले प्रतिसदस्य बचत गर्न सक्ने सङ्कलनको समेत सीमा तोकिएको छ । यसअनुसार एक जिल्ला कार्यक्षेत्र भएकोलाई १० लाख, एकभन्दा बढी जिल्ला भएकोलाई २५ लाख र एक प्रदेशभन्दा बढी कार्यक्षेत्र भएकोलाई ५० लाखको सीमा तोकिएको छ ।

यस्तै सदस्यले १० लाख रुपैयाँभन्दा धेरै बचत रकम जम्मा गर्दा अनिवार्य स्रोत खुलाउनुपर्ने छ । नयाँ मापदण्डानुसार सहकारी संस्थामा सदस्यता लिएको तीन महिना नपुगेसम्म सदस्यलाई ऋण लगानी गर्न नपाइने उल्लेख छ ।