Sunday, November 24, 2024

२०८१ मंसिर ९, आईतवार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

आजकै दिनःचीनमा लोकतन्त्र पक्षधरमाथि दमन


आजकै दिनःचीनमा लोकतन्त्र पक्षधरमाथि दमन

एजेसी । सन् १९८९ मा आजकै दिन (जुन ४) मा चीनको राजधानी बेइजिङस्थित तियानमेन स्क्वायरमा लोकतन्त्रको पक्षमा गरिएको प्रदर्शनमा दमन गरिएको थियो । १९८९ को अप्रिल १० मा लाखभन्दा बढी प्रदर्शनकारीहरू स्वतन्त्रताको माग गर्दै तियानमेन स्क्वायरमा भेला भएका थिए ।

विरोधका क्रममा प्रदर्शनकारीले कम्युनिस्ट शासनको अन्त्य र लोकतन्त्रको माग गरेका थिए । पछि बिस्तारै उक्त विरोध प्रदर्शन अन्य सहरमा पनि फैलिएको थियो । करिब ६ साता लामो प्रदर्शनपछि चीनको कम्युनिस्ट सरकारले विद्रोह रोक्न सैनिक दमन गरेको थियो । जुन ३ राति ट्यांकरसहित तियानमेन स्क्वायर पुगेको सुरक्षा फौजले आन्दोलनकारीमाथि दमन गर्दा करिब एक हजार जनाको ज्यान गएको थियो ।

थुप्रै घाइते भएका थिए । यद्यपि, चीन सरकारले उक्त घटनामा कोही नमारिएको दाबी गर्दै आएको छ । तत्कालीन समयमा सोभियत संघ विघटनको संघारमा पुगेको र विश्वभर कम्युनिस्टहरूको पकड गुम्दै गएका बेला चीनमा पनि कम्युनिस्ट सरकारविरुद्ध प्रदर्शन गरिएको थियो । यद्यपि, उक्त आन्दोलन भने चीन सरकारको दमनका कारण असफल भएको थियो ।