Friday, June 27, 2025

२०८२ असार १३, शुक्रबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

बजेट कार्यान्वयनलाई लिएर आशङ्का र चिन्ता व्यक्त नगरौंःअर्थमन्त्री विष्णुप्रसाद पौडेल


बजेट कार्यान्वयनलाई लिएर आशङ्का र चिन्ता व्यक्त नगरौंःअर्थमन्त्री विष्णुप्रसाद पौडेल

काठमाडौं । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले राष्ट्रिय सभाका सदस्यले आर्थिक वर्ष २०८२—८३ को बजेट कार्यान्वयनलाई लिएर आशङ्का र चिन्ता व्यक्त गरिरहनुभएका बेला बजेट कार्यान्वयन हुन सक्ने आधारसहित ल्याइएको   बताए ।

राष्ट्रिय सभा सदस्यले विगतमा तीन खण्डको दुई खण्ड मात्रै खर्च हुँदै आएको बजेटको पूर्ण कार्यान्वयन कसरी गर्ने सम्बन्धमा चासो व्यक्त गरे ।

राष्ट्रिय सभामा उपप्रधानमन्त्री एवं अर्थमन्त्री पौडेलले विनियोजन विधेयक, २०८२ माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गरेपछि सैद्धान्तिक छलफलमा भाग लिने सदस्यले बजेट निर्माणका लागि स्रोतको अभाव हुने र सुनिश्चित भएको स्रोतको समेत कार्यान्वयन हुन नसकेकोमा चिन्ता व्यक्त गरे ।

अर्थमन्त्री पौडेलले बजेट कार्यान्वयनलाई लिएर चिन्ता व्यक्त गरिनु जायज रहे पनि कार्यान्वयन हुन सक्ने आधारसहित आएको बताए ।

बिहीबार बैठकमा प्रतिपक्षी नेकपा माओवादी केन्द्रका सदस्य उर्मिला अर्यालले अर्थमन्त्रीको ध्यानाकर्षण गराउँदै भन्नुभयो, “घाटा बजेटको डर हुन्छ र फेरि त्यही बजेट पूर्ण कार्यान्वयन हुँदैन । तीन खण्डको दुई खण्ड मात्रै खर्च हुँदै आएका छन् । कार्यान्वयन हुन नसकेको बजेटलाई कसरी व्यवस्थापन गर्ने र पूर्ण कार्यान्वयन गर्ने हो ?”