Saturday, November 23, 2024

२०८१ मंसिर ८, शनिबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

आरजु राणालाई रकम बुझाएको अडियोमा फेक भनिएको स्वर सन्देश शर्मासँग मेल खायो


आरजु राणालाई रकम बुझाएको अडियोमा फेक भनिएको  स्वर सन्देश शर्मासँग मेल खायो

काठमाडौँ । नक्कली भुटानी शरणार्थी प्रकरणमा आफ्नो नाम जोडर आएको अडियो फेक भएको दाबी गर्दै आईरहेकी आरजु राणा देउवाको अडियो परीक्षण गर्दा उक्त प्रकरणमा संलग्न दाङका सन्देश शर्माको आवाजसँग मेल खाएको पाइएको छ ।

उजुरीका आधारमा परीक्षण गर्दा अडियो शर्माको आवाजसँग मेल खाएको प्रहरीले जनाएको छ । प्रहरी नायब महानिरीक्षक कुबेर कडायतले आइतबार उजुरीमाथि भएको छानबिनको प्रगतिबारे जानकारी गराएका छन् ।

सांसद आरजु राणा देउवाले सामाजिक सञ्जालको माध्यमबाट सार्वजनिक अडियोका सम्बन्धमा नेपाल प्रहरी प्रधान कार्यालय, साइबर ब्यूरो भोटाहिटीमा मिति २०८०।०१।०२ गते प्राप्त निवेदनका हकमा परीक्षण गर्दा ’स्पिकर्स आइडेन्टिफिकेसन ट्रेइट्स म्याच’ भनी उल्लेख भएको जुन स्वर (भ्वाइस ) जिल्ला प्रहरी परिसर टेकु काठमाडौंमा ठगी तथा संगठित अपराध कसुर मुद्दा अनुसन्धानमा रहेका तुल्सीपुर उपमहानगर पालिका १६ दाङ घर भएका वर्ष ३४ को सन्देश शर्माको ’कन्ट्रोल स्याम्पल’ सँग मेल खाएको’, कडायतले दिएको जानकारीमा छ ।

सांसद देउवाले नक्कली भुटानी शरणार्थी प्रकरणमा आफ्नो नाम जोडर आएको अडियो फेक भएको दाबी गर्दै छानबिन गर्न र दोषीलाई कारबाहीको दायरामा ल्याउन माग गरेकी थिइन् । उनले साइबर ब्युरो भोटाहिटीमा केही सञ्चारमाध्यम र सामाजिक सञ्जालमा सार्वजनिक गरिएको उक्त अडियो बदनियतपूर्ण ढंगबाट बदनाम गराउने उद्देश्यले नियोजित रूपमा रेकर्ड गराइएको भन्दै कारबाहीको दायरामा ल्याउन माग गरेर निवेदन दिएकी थिइन् ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा आरजु राणा देउवालाई रकम बुझाएको भन्नेसम्बन्धी उक्त अडियो बाहिर आएपछि राणाले नक्कली अडियो भएको र यसबारे जाँच गर्न भन्दै प्रहरीमा गत वैशाख २७ गते उजुरी दिएकी थिइन् ।