Monday, January 12, 2026

२०८२ पुष २८, सोमबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

अपर तामाकोशीको ७० प्रतिशतभन्दा बढी हकप्रद शेयर बिकेन


अपर तामाकोशीको ७० प्रतिशतभन्दा बढी हकप्रद शेयर बिकेन

काठमाडौं,अपर तामाकोशी हाइड्रोपावरको ७० प्रतिशत भन्दा बढी हकप्रद सेयर बिकेका छैन्। कम्पनीले सोमबार असोज २२ गतेसम्म हकप्रद भर्ने समय थपेको थियो। कम्पनीले हकप्रद भर्न समय थप गर्दा पनि ३ करोड ८ लाख ७२ हजार ६ सय ५६ कित्ता सेयरको लागि मात्र आवेदन परेको छ।अपर तामाकोशीले १ बराबर १ को अनुपातमा हकप्रद सेयर निष्काशन गरेको थियो।

कम्पनीको चुक्ता पूँजी १० अर्ब ५९ करोड रुपैयाँ रहेकोमा सो अनुसार नै १० करोड ५९ लाख कित्ता हकप्रद सेयरको लागि निवेदन आह्वान गरिएको थियो।अझै पनि कम्पनीको ७ करोड ५० लाख २७ हजार ३ सय ४४ कित्ता सेयरको लागि आवेदन परेको छैन। आवेदन नपरेको सेयर कम्पनीले लिलामीमा बेच्ने गर्दछ।

अहिले अपर तामाकोशीको सेयर मूल्य २ सय रुपैयाँको हाराहारीमा कारोबार भइरहेको छ। हकप्रद सेयर निष्काशन गरेर संकलित रकम कम्पनीले ऋण चुक्ता गर्ने र केही रकम भने कम्पनीले प्रबर्द्धन गरिरहेको रोल्वालिङ हाइड्रोपावरमा लगानी गर्ने बताएको छ।