Monday, January 12, 2026

२०८२ पुष २८, सोमबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

हिमालयन बैंकले जिल्ला प्रहरी परिसर काठमाडौंलाई गर्‍यो क्यामेरा हस्तान्तरण


हिमालयन बैंकले जिल्ला प्रहरी परिसर काठमाडौंलाई गर्‍यो क्यामेरा हस्तान्तरण

काठमाडौं, हिमालयन बैंकले जिल्ला प्रहरी परिसर काठमाडौंलाई पाँच थान गोप्रो हिरो ९ क्यामेरा सहयोग गरेको छ। बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत दुई लाख ६७ हजार ५ सय मूल्य बराबरको इन्स्टा ३६० चेस्ट स्ट्र्याप सहित ५ थान गोप्रो हिरो क्यामेरा ९ परिसरलाई हस्तान्तरण गरेको हो।

जिल्ला प्रहरी परिसर काठमाडौंको अनुरोधको आधारमा काठमाडौं जिल्लामा सहरीकरण, सवारी चाप, लुटपाट, पाकेटमार, चोरी, आन्दोलन, बन्द, हड्ताल आदि जस्ता गतिविधिहरूको निगरानी तथा रोकथाम गर्न बैंकले काठमाडौं जिल्ला प्रहरी परिसरलाई सो सहयोग प्रदान गरेको छन्।

बैंकका तर्फबाट बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शमसेर राणाले सहयोग स्वरुप सो क्यामेरा प्रहरी उपरीक्षक कुमुड ढुङ्गेललाई एक समारोहको बीच हस्तान्तरण गरेका छन्।