Sunday, June 01, 2025

२०८२ जेष्ठ १९, आईतवार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

कीर्तिपुरको झिगु तिबः सहकारी बन्द हुने अबस्थामा, संस्थामा चरम आर्थिक संकट, अध्यक्ष जनकलाल महर्जन के भन्छन् ?

संस्थाले किन हटायो उक्त भिडिओ ? (भिडिओ सहित)


कीर्तिपुरको झिगु तिबः सहकारी बन्द हुने अबस्थामा, संस्थामा चरम आर्थिक संकट, अध्यक्ष जनकलाल महर्जन के भन्छन् ?

काठमाडौं । कीर्तिपुर नगरपालिका स्थित झिगु तिबः बचत तथा ऋण सहकारी संस्थामा चरम आर्थिक संकट देखिएको छ । दशैअघि सामाजिक सञ्जालमा बचत फिर्ता गर्न नसकेको भिडिओ सन्देश सार्वजनिक गरेको संस्थाले बिहिबार सहकारीनै बन्द गर्नुपर्ने अबस्था आएको भन्दै पुनःसामाजिक सञ्जालमा पोष्ट गरेको छ । झिगु तिबःसाकोस नाममा सञ्जालित फेसबुक आइडिमा सार्वजनिक पोष्टमा भनिएको छ, ‘सहकारीको सटर खोल्नु भन्दा बन्द गर्दा नै ठिक होला कसो सदस्यहरु ? किन कि घाटा नै घाटा महिनाको तलब र कोठा भाडा गर्दा ६५०००/– जान्छ ।

अब कर्मचारी पनि चाहिएन सहकारी पनि चाहिएन, अब त पैसा आउने कुनै बाटो छैन आ—आफ्नो मान्छेलाई ऋण दिएकोछ लिन जादा ऋण लिएको छैन् भनेर मुद्दा हाल्छु भन्छ ऋण दिदा प्रकिया नपुर्याई डकोमेन्ट नलिई मनपरि तरिकाले दिएको हुँदा आज संस्था यस्तो अबस्थामा पुगेको हो । के गर्नु बेकारमा किन खोल्नु बरु हुन्छ भने कतै एउटा कोठा लिएर कारोबार गर्दा ठिक होला होइन त साथीहरु ? तपाईहरुको के गुनासो छ, भन्नुहोला अफिसमा कुनै दिन सल्लाह गर्न बोलाउने छु ।

बचतकर्ताहरुलाई केहि भएपनि दशै खर्च होस भनि हामीले ब्याजलाई पछि लिने सर्तमा सावा भएपनि २,३ ठाउबाट ल्याएर दिने कोशिश गरेका हौं । हामीले हर प्रयास गरेर ऋण लिएकाहरुलाई फिर्ताको आह्वान गरेका हौँ । पछि पनि कतैबाट आएमा यसरी नै दिदैँ जानेछु । हाम्रो उद्देश्य भनेको नै बचतकर्ताहरुलाई कसरी आफुले बचत गरि राखेको बचत फिर्ता दिलाउन सकु । हामीले यसरी सावा ल्याएर बचतकर्ताहरुलाई दिएकोमा पनि कतिपय साथिहरुलाई चित्त बुझेको छैन । कोहि ऋण लिएका साथीहरुले यो हेर्नु भएको छ, भने तपाईहरुले पनि सहकारीको यस्तो हालत भएको बेलामा सावां भए पनि दिन ल्याएर संस्था बचाइदिनुहोला भनि बिनम्र दश औंला जोडी आग्रह गर्दछौं’ ।


यस विषयमा सहकारीका अध्यक्ष जनकलाल महर्जनलाई हामीले सोधका थियौं । उनले संस्थामा चरम आर्थिक संकट रहेको र बचत फिर्ताको दवाव बढेको बताए । उनले भने, ‘म सहकारी बचाउन कार्यसमितिमा आएको हुँ तर, अहिले सहकारीमा चरम आर्थिक संकट छ’ । ‘जुन सामाजिक सञ्जालमा लेखिएको विषयमा मलाई जानकारी छैन्’ । उसो त हामीले तपाई संस्थाको सामाजिक सञ्जाल कस्ले चलाइरहेको भन्ने प्रश्नमा आफुलाई जानकारी नभएको बताए । संस्थामा के भइरहेको छ, भन्ने विषय अध्यक्ष महर्जनलाई थाह नहुने भन्ने हुन्छ ? जे होस् कीर्तिपुरका अधिकांस सहकारीमा एक पछि अर्काेमा समस्या देखिन थालेको छ ।


यता, झिगु तिबः सहकारीले दशैअघि बचत फिर्ताको तिव्र दवावमा रहेको भन्दै रकम फिर्ता गर्न नसक्नुको कारणबारे सामाजिक सञ्जालमा एउटा भिडिओ सार्वजनिक गरेको   थियो । संस्थाका सचिव जुजुभाई महर्जनले सामाजिक सञ्चालकमा भिडिओ सार्वजनिक गरेका थिए । सो भिडिओमा संस्थामा आर्थिक संकट बढेको, यसअघिको कार्यसमितिले राम्रो सँग काम नगरेकोे, सञ्चालक समितिका नजिकका मानिसहरुलाई विना धितो ऋण बाढेको, ऋण असुलि नभएको, संस्थामा बचत संकलन सून्य रहेको जस्ता कारणहरु    छन् ।

तर, अहिले सो संस्थाले उक्त भिडिओ हटाई सकेको छ । संस्थाको आधिकारिक पेजमा सार्वजनिक गरि डिलिट गरिएको उक्त भिडिओलाई सम्बन्धीत निकायले पनि अध्ययन गर्न आवश्यक छ । सो संस्था डिभिजन सहकारी कार्यालय काठमाडौंमा दर्ता छ । यसलाई कीर्तिपुर नगरपालिका सहकारी विभाग तथा मातहतको निकायले गहन अध्ययन गरि सहकारीमा देखिएको समस्या र बचतफिर्ताको रकम सुरक्षीत गर्न आवश्यक छ ।