Sunday, June 01, 2025

२०८२ जेष्ठ १९, आईतवार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

जिबी राईसहित १९ जनाविरुद्ध पूरक अभियोग दर्ता

यसअघि सहकारी ठगीमा मात्र मुद्दा चलाइएको सङ्गठित अप...


जिबी राईसहित १९ जनाविरुद्ध पूरक अभियोग दर्ता

काठमाडौं । सूर्यदर्शन सहकारी ठगी प्रकरणमा यसअघि अदालतबाट मुद्दा चलेका जिबी राईसहित १९ जनाविरुद्ध पूरक अभियोग दर्ता भएको हो । जिल्ला अदालत कास्कीका अनुसार यसअघि सहकारी ठगीमा मात्र मुद्दा चलाइएको सङ्गठित अपराध र सम्पत्ति शुद्धिकरण थपिएको छ ।

जिबीका विरुद्ध राष्ट्र बैंक ऐनविरुद्धसमेत काम गरेकाले त्यो अभियोग पनि थपिएको हो । सरकारी वकिल कार्यालय कास्कीकी सूचना अधिकारी शान्तिदेवी शर्माले अदालतमा मुद्दा विचाराधीन रहेका राईसहित १९ जनाविरुद्ध थप अभियोग दर्ता गर्न गरिएको हो ।

सहकारी पीडितहरुले पूरक जाहेरी दिएपछि कास्की प्रहरीले अनुसन्धान गरी मङ्सिर २६ गते १९ जनाविरुद्ध थप अनुसन्धान गरी पूरक प्रतिवेदन सरकारी वकिलको कार्यालयलाई बुझाएको थियो । सूर्यदर्शन सहकारीका पूर्वअध्यक्ष गितेन्द्रबाबु (जिबी राई), पूर्वअध्यक्ष भूपेन्द्र राई, अध्यक्ष थानबहादुर बुढा, सञ्चालक समिति उपाध्यक्ष कैलाशकुमार दर्लामी, सचिव धीरजकुमार दास, कोषाध्यक्ष कुमार रम्तेल लगायतमाथि प्रहरीले पहिलो चरणमा अनुसन्धान गरी मुद्दा दर्ता गरिएको थियो ।

सूर्यदर्शनका पूर्वसचिव अनुज नकर्मी र सुरज श्रेष्ठ, सञ्चालक सदस्यहरू शिवबहादुर गुरूङ, भविश्वर अर्याल, आइस्मा गुरूङ, लेखा समितिका संयोजक सागर केसी, सदस्य दिनेश रोका र ललिता तामाङ, लेखा अधिकृत सृष्टि मानन्धर, कर्जा अधिकृत बुद्धि गुरूङ, सदस्यहरू हेमन्त अधिकारी, कविता तामाङ र प्रमोद भट्टराईविरूद्ध सहकारी ठगी मुद्दा अदालतमा विचाराधीन छ ।

गोरखा मिडिया नेटवर्कका पूर्व प्रबन्ध निर्देशक रवि लामछानेविरुद्ध आइतबारमात्र कास्की जिल्ला अदालतमा अभियोगपत्र दर्ता हुने भएको छ । कास्कीको पोखरा महानगरपालिका वडा नम्बर ४ मा रहेको सूर्यदर्शन सहकारी ठगी आरोपमा पक्राउ परी प्रहरी हिरासतमा रहनुभएका राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) सभापतिसमेत रहेका लामिछानेसहित पाँच जनाविरुद्ध अदालतले दिएको म्याद शुक्रबार सकिँदै छ ।

यही अभियोगमा अनुसन्धानका लागि रास्वपा सभापति लामिछानेसहित गोरखा मिडियाका पूर्वउपाध्यक्ष छविलाल जोशी, रामप्रसाद खनाल, लीला पछाई र कृष्ण गुरूङ प्रहरी हिरासतमा छन् । लामिछानेलाई कात्तिक २ गते काठमाडौंमा पक्राउ गरी पोखरा ल्याइएको हो । यो प्रकरणमा सबैभन्दा पहिले जोशीलाई भने असोज ६ गते प्रहरीले पक्रेको थियो । प्रहरीले संसदीय समितिको निर्देशनबमोजिम अनुसन्धान गरी ५२ जनालाई प्रतिवादी बनाउन सिफारिस गरी प्रतिवेदन सोमबार बुझाएको थियो ।

६५ जनाविरुद्ध अनुसन्धान भएकोमा ठेगाना नखुलेका थप १४ जनालाई ठेगाना खुलेपछि प्रतिवादी बनाउने सिफारिस गरिएको सूर्यदर्शन सहकारीका अनुसन्धान अधिकारीले बताएका छन् । सूर्यदर्शन ठगी प्रकरणमा अहिलेसम्म नौ जना पुर्पक्षका लागि कारागारमा हुँदा पाँच जना हिरासतमा छन् ।

यो ठगी प्रकरणका मुख्य मुख्य योजनाकार जिबी राइसहित ३७ जना फरार छन् । प्रहरी प्रतिवेदनमा एक अर्ब ५१ करोड ४० लाख रुपियाँ बिगो कायम गर्न राय दिइएको छ ।