Thursday, November 21, 2024

२०८१ मंसिर ६, बिहीबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

सोमबार सेयर बजारले २१ सय अंक नाघ्यो


सोमबार सेयर बजारले २१ सय अंक नाघ्यो

सोमबार सेयर बजारले २१ सय अंक नाघेको छ । अघिल्लो दिनको तुलनामा नेप्से परिसूचक १५.३३ अंक बढेसँगै २१०१ अंकमा पुगेको हो । परिसूचक बढ्दा कारोबार रकम भने घटेको छ । अघिल्लो दिन ४ अर्ब ८ करोडको कारोबार भएकोमा सोमबार ३ अर्ब ५८ करोडमा खुम्चियो । कुल १९९ कम्पनीको मूल्य बढ्दा ४५ को घट्यो भने ४ को स्थिर रह्यो ।

यस दिन उत्पादन समूह सबैभन्दा धेरै २.२२ प्रतिशत बढ्यो । हाइड्रोपावर १.८३ तथा निर्जीवन बीमा १.७ प्रतिशत बढे । अंकका आधारमा बैंकिङ ०.६५, विकास बैंक २३, फाइनान्स २०, होटल तथा पर्यटन २०, हाइड्रोपावर ४९, जीवन बीमा ३८, उत्पादन १२५, निर्जीवन बीमा १८३ र ब्यापार समूह १२ अंक बढे ।

अन्य समूह मात्रै ०.९३ अंक घट्यो । बोटलर्स नेपाल, समाज लघुवित्त, कुथेली बुकरी स्मल हाइड्रोपावर, चिरख्वा हाइड्रोपावर र बलेफी हाइड्रोपावरको मूल्य १० प्रतिशत बढ्यो । जोशी हाइड्रोपावरको ९.२, दोर्दीखोलाको ८.५, माहुली लघुवित्त ८.१, गुराँस लघुवित्तको ८.१, भिजन लुम्बिनी ऊर्जाको ७.७ प्रतिशत बढ्यो ।