Thursday, November 21, 2024

२०८१ मंसिर ६, बिहीबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

२४ करोडका छुट्टाछट्टै १६ वटा चेक काटेका थिए लामिछानेले(विवरण सहित)


२४ करोडका छुट्टाछट्टै १६ वटा चेक काटेका थिए लामिछानेले(विवरण सहित)

काठमाडौँ । गोरखा मिडिया नेटवर्क प्रालिका तात्कालीन प्रबन्ध निर्देशक रवि लामिछानेले आफैंले करिब २४ करोडका छुट्टाछट्टै १६ वटा चेक काटेको भेटिएको छ । समितिले सार्वजनिक गरेको प्रतिवेदनमा लामिछानेको हस्ताक्षरमा गोरखा मिडियाबाट काटिएको चेकहरूको फेहरिस्त नै राखेको छ । उनले संसदीय छानबिन समितिसमक्ष आर्थिक रूपमा अध्यक्ष गितेन्द्र बाबु(जीबी) राई नै जिम्मेवार रहेको बयान दिए पनि प्रतिवेदनमा यस्तो देखिएको हो । लामिछानेको हस्ताक्षर गरेको चेकबाट विभिन्न कम्पनी र व्यक्तिलाई २३ करोड ७९ लाख ८९ हजार ७ सय ३१ रुपैयाँको भुक्तानी भएको छ । लामिछानेले एउटै चेक तीन करोड रुपैयाँसम्मको काटेको पाइएको छ ।