Saturday, November 23, 2024

२०८१ मंसिर ८, शनिबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

कीर्तिपुर नगरपालिकाका मेयर र उपमेयरबीचको ‘टसल’सुरु, उपप्रमुखका श्रीमानले सञ्चालन गरेको करोडौंको जिपलाइनलाई सिफारिस नदिने


कीर्तिपुर नगरपालिकाका मेयर र उपमेयरबीचको ‘टसल’सुरु, उपप्रमुखका श्रीमानले सञ्चालन गरेको करोडौंको जिपलाइनलाई सिफारिस नदिने

काठमाडौं । कीर्तिपुर नगरपालिकाका प्रमुख राजकुमार नकर्मी र उपमेयर शुभलक्ष्मी शाक्यबीचको ‘टसल’ सार्वजनिक भएको छ । मृगौला समस्याका कारण लामो समय उपचारमा रहेका प्रमुख नकर्मी बिहिबार ज्ञापनपत्र बुझाउन आएका स्थानीयको मागका विषयमा आफ्नो धारणा राख्दै उपप्रमुख प्रति खनिएका हुन । गठबन्धनबाट चुनाव लडेका प्रमुख नकर्मी स्वास्थ्यका कारण केहि समय उपचाररत रहदा उपप्रमुखले आफुखुशी निर्णय गरेको भन्दै आपत्ती जनाए । लामो समय सार्वजनिक कार्यक्रममा उपस्थित नभएका नकर्मी बिहिबार स्थानीयसँग कसैको व्यक्तीगत स्वार्थकालागि नगरपालिकाले स्थानीयलाई समस्या पर्ने कुनै निर्णय नगर्ने प्रतिवद्धता जनाए ।

कीर्तिपुर नगरपालिका वडा नं.६ का स्थानीयले सामुदायीक वनमा वान हन्ट एड्भेन्चरले कीर्तिपुर ६ चोभारको जलविनायक क्षेत्रमा संचालनमा ल्याएको जिपलाईन बन्द गर्नुपर्ने माग सहित ज्ञापनपत्र बुझाउन आएको थियो । स्थानीय तहको अनुमति वेगर र स्थानीयलाई जानकारी नगराई आफुखुशी उक्त कम्पनीले गत मंसिर ३० गते शनिवार जिपलाइन सञ्चालनमा ल्याएको थियो । बिहिवार ६ का वडावासीले तत्काल रोक्न माग गर्दै कीर्तिपुर नगरपालिकामा ज्ञापन–पत्र बुझाएका छन् । सोहि मागका विषयमा नगरप्रमुख नकर्मीले स्थानीयलाई समस्याहुने कुनै पनि आयोजनाको सिफारिस आफुले नगरेको दावी गरेको थिए ।

उनले स्थानीयलाई तत्काल बन्दगर्ने आश्वासन दिएपछि उपमेर शाक्य र प्रमुखबीचको टसल सार्वजनिक भएको हो । सामुदायीक वनमा निर्माण भएको जिपलाइनका सञ्चालक उपमेयरका श्रीमान पञ्चलाल महर्जन हुन । कीर्तिपुर नगरपालिका प्रमुख नकर्मी स्वास्थ्य उपचारमा बाहिर रहदा कार्यबहाकको जिम्मेवारी समेत लिएकी शाक्यले आफुखुशी निर्णय गराएको हुन सक्ने भन्दै आशका व्यक्त गरे । उनले भने, ‘जिपलाइन निर्माणको सिफारिस लिन पञ्चलाल जि आउनुभएको थियो । मैले हिजो जिपलाइन सञ्चालन गर्दा, भौतिक संरचना निर्माण गर्दा नगरपालिका नचाहिने अहिले किन ? भने प्रश्न गरे म सिफारिस दिदैन भने, उनले थपे जिपलाइन सञ्चालनकालागि कहाँ— कहाँबाट अनुमति ल्याउनु भयो त्यसको एक—एक प्रति फोटोकपी ल्याउनु भनेको छु’ । सञ्चालकले जिपलाइन गलत तरिकाले सञ्चालन गरेको भन्दै त्यसलाई रोक्ने उनको भनाई थियो ।

प्रमुख नकर्मीले उपप्रमुख शाक्यप्रति अंकित गर्दै भने, सामुदायीक वनमा छाडा चौपाय व्यवस्थापनको गोठ पनि भत्काइए छ । म दिल्लीमा उपचार गर्दा खबर सुन, भत्काउनु थियो भने, अन्य टहरा भत्काउनु पर्ने थियो । कसैको व्यक्तीगत स्वार्थ पुरा गर्ने स्थान नगरपालिका नभएको उनको तर्क थियो । सामुदायीक वनमा स्थानीय संगीता बोगटीले सञ्चालन गरेको छाडाँ बस्तुहरु राख्ने गोठ उपप्रमुख शाक्यको निर्देशनमा गत साउनमा भत्काइएको थियो । सो विषयमा नगरप्रमुख नकर्मीले आफुलाई कुनै जानकारी नभएको भन्दै दुःख व्यक्त गरे । उनले बुलडोजर लगाउनुभयो भने, सबैमा लगाएको भए हुने किन एउटामा मात्रै लगाउनु पर्ने थियो ? कसैको व्यक्तीगत स्वार्थपूर्तिकालागि जनतालाई मार्न मिल्दैन । उनले भने, ‘मनलाग्दी सबैले आआफ्नो क्षेत्रमा भएको सार्वजनिक स्थानलाई आफ्नोलागि उपयोग गर्दै जाने हो भने, भोली नेपालनै रहदैन’ ।

पछिल्लो समय कीर्तिपुर नगरपालिकाका प्रमुख नकर्मी स्वास्थ्य उपचारकालागि काठमाडौं बाहिर हुदा नगरप्रमुखको जिम्मेवारी समेत लिएकी उपमेयर शाक्यले गरेका केहि निर्णयको विरुद्धमा १० वटा वडाका अध्यक्षहरुपनि रुष्ट थिए । उनिहरुले आफुखुशी निर्णय गर्दा आम नगरबासीको हितमा नभएको भन्दै पटक—पटक ध्यानाकर्षण गराएका थिए । यसअघि चम्मादेवि केबलकारका विषयमा वडा ४ का कार्यबहाक अध्यक्षले गरेको सिफारिस पनि विवादमा परेको थियो । त्यस्तै वडा ८ अन्र्तगत पर्ने दुई वटा सार्वजनिक पोखरी व्यक्तीको नाममा रहेको घटना सार्वजनिक हुदाँ नगरपालिकाले त्यसमा कुनै पनि प्रतिक्रिया दिएको थिएन । सार्वजनिक पोखरी संरक्षणकालागि संघर्ष समिति बनाइ हस्ताक्षर संकलन भएको छ ।

तर, त्यस विषयमा अहिलेसम्म कुनै सुनुवाई भएको छैन । त्यस्तै नयाँबजारमा ढल निकासी तथा सडक निर्माणमा ढिलासुस्ती गर्दा स्थानीयले बाटोनै अबरोध गरेका थिए । यस्ता घटना अहिले कीर्तिपुर नगरपालिकाकालागि सामान्य बनेका छन् । जिपलाइन सञ्चालनका विषयमा कीर्तिपुर नगरपालिका वडा ६ का वडा अध्यक्ष पृथ्वी बहादुर बस्नेतलाई हामीले सोधका थियौं । उनले कुनै जानकारी नभएको र नगरपालिकामा यसको जानकारी गएको बताए । उनले भने, अहिले उक्त आयोजना विवादमा आएको छ, यसको विषयमा गम्भीर छानविन हुन आवश्यक छ । यता,कीर्तिपुर नगरपालिका प्रमुख नकर्मी लामो समय स्वास्थ्य उपचारमा रहदा कीर्तिपुर नगरपालिका अस्तव्यस्त भएको भन्दै जनगुनासो बढेको छ । नगरपालिका केहि सल्लाहकार तथा स्थानीयले नगरपालिकाले अपेक्षाकृत काम गर्न नसकेको र नगरपालिकामा संस्थागत भ्रष्टाचार बढेको भन्दै त्यसलाई तत्काल रोक्न आवश्यक रहेको उनिहरुको भनाई थियो । 

प्रमुख नकर्मी स्वास्थ्यका कारण कार्यसम्पादनमा सहभागि हुन नसक्ने अवस्थामा उपप्रमुखले कार्यबहाक जिम्मेवारी सम्हाल्दै आइरहेकी छन् । यसमा उपप्रमुखलाई पुर्ण अधिकार नदिदा प्रमुख र उपप्रमुखबीच टसल सुरुभएको बुझाई । गठबन्धनबाट चुनाव लेडेका नगरप्रमुख नकर्मी कांग्रेसबाट निर्वाचन भएका थिए भने, उपप्रमुख शाक्य जसपाबाट निर्वाचित भएकी थिइन् । पछिल्लो समय नगरपालिका हरेक गतिविधीमा उनको सहभागिता भएपनि पुर्ण अधिकार भने नगरप्रमुखले दिएका छैनन् । 

किन रोक्न खोज्दैछन् मेयर नकर्मीले जिपलाइन ?
काठमाडौंको नजिक र परिचित स्थान हो चोभार क्षेत्र । नेपाली सिनेका अधिकांस दृष्य यसै स्थानमा छायाँकन भएका छन् । जंगल र खुला क्षेत्र भएकाले यस क्षेत्रमा दिनहुँ हजारौंको संख्यामा आन्तरिक पर्यटकको घुइँचो लाग्ने गरेको छ । यस्तो स्थानलाई सत्ता र शक्तिको आडमा वान हन्ट एड्भेन्चर कम्पनीले आफ्नो रजाइँ गरेको देखिन्छ । उक्त कम्पनी कीर्तिपुर नगरपालिका उपप्रमुख शाक्यका श्रीमान पञ्चलाल महर्जनको हो । उनका दाई कीर्तिपुर नगरपालिकाका सुचना विभाग तथा सहकारी विभागका प्रमुख हुन् ।

परिवारका सदस्य सत्ता र शक्तिमा रहेको मौका छोपी उक्त कम्पनीले राज्यको करोडौं रकमको क्षेत्र दोहन गर्ने तयारीमा देखिएको स्थानीयको आरोप । अर्काे कुरा सो कम्पनीका मालिक कीर्तिपुरमा रहेको प्रगतिशिल बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष तथा जनता समाजवादी पार्टी जसपा र बाबुराम भट्टराई प्रधानमन्त्री हुदा गुठी संस्थानको अध्यक्ष समेत रहेका थिए । अहिले सहकारीहरुमा देखिएको आर्थिक तरलता र कीर्तिपुरमा रहेका सहकारीमा आएको समस्या उनकोमा छैन् भन्न मिल्दैन एक सहकारीकर्मीले बताए ।  किन कि अहिलेसम्म सहकारीले श्येत—पत्र जारी गरेको छैन् भने, सहकारी सञ्चालकको सम्पत्ती विवरणपनि बुझाएको छैन् । यदि सोहि सहकारीका निक्षेपकर्ताको रकम जिपलाइनमा लगानी भएको छ, भने निक्षेपकर्ताको रकम ढुब्ने जोखिम बढेको स्थानीयले बताए । यस विषयमा सम्बन्धीत निकायको ध्यानजान आवश्यक उनले भने ।

यता, जिपलाइन उद्घाटनमा वान हन्ट एड्भेन्चरका अध्यक्ष पञ्चलाल महर्जनले नेपालकै पहिलो र नमूना जिपलाइन क्यानओपी रहेको दाबी गरेका छन् । उनले जिपलाइन एउटै स्टेप र अनुभवमा सकिने भए पनि चोभारमा भने तीन वटा अनुभव लिन सकिने उल्लेख गरे । यो आन्तरिक पर्यटन प्रवद्र्धनकालागि हो । उनले द एड्भेन्चर्स, द डेभिल र द फन गरी तीन वटा अनुभव प्राप्त गर्न सकिने व्यवस्था गरिएको बताए । उनले जापनिज प्रविधि र नेपालकै विज्ञहरूबाट सञ्चालनमा ल्याएकाले सुरक्षित रहेको र बालबालिकादेखि वृद्धवृद्धा सबैले अनुभव लिन सक्ने उल्लेख गरे । जेभी एड्भेन्चरका निर्देशक हिमाल गुरुङले चोभारलाई पर्यटकीय हब बनाउन आवश्यक रहेकाले आयोजना गरिएको बताए । चोभार क्यानओपी जीपलाइनको उद्घाटन अभिनेत्री वर्षा राउतले गरेकी थिइन । क्यानओपी जिपलाइनमा तीन वटा स्टेप गरी ३५० मिटरको दूरी रहेको छ ।