Saturday, May 18, 2024

२०८१ जेष्ठ ५, शनिबार

विजनेस दर्शन || Online Portal

कीर्तिपुर नगरपालिका —१० हस्पिटल रोड

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । कीर्तिपुर नगरपालिका —१० हस्पिटल रोड

Call: फोन नं. 9828136583

[email protected]
amardeep agarbatti

समाजिक सञ्जाल टिकटक बन्द गर्ने सरकारको निर्णय प्रति कतै विरोध, कतै समर्थन


समाजिक सञ्जाल टिकटक बन्द गर्ने सरकारको निर्णय प्रति कतै विरोध, कतै समर्थन

काठमाडौं । सामाजिक सद्‍भाव र व्यक्तिगत धृणा फैलाउने माध्यमको रुपमा दुरुपयोग हुन थालेपछि सरकारले समाजिक सञ्जाल टिकटक बन्द गर्ने निर्णय गरेको छ । नेपालीहरुमाझ पनि चर्चित बन्दै गएको टिकटकका कारण साइबर अपराधका घटनाहरु बढेपछि यसलाई नियमन गर्नेबारे बहस चलेको थियो ।अघिल्लो साता गृहमन्त्रालयले साइबर ब्युरो, गृह मन्त्रालय र टिकटकका अन्तर्राष्ट्रिय प्रतिनिधिबीच यसको नियमनकाबारेमा छलफल गरेको थियो ।

उक्त छलफलपछि प्रधानमन्त्री पुष्पकमल दाहालले सत्तारुढ र प्रमुख विपक्षी दलका नेताहरूसँग समेत सामाजिक सञ्जाल नियमनको विषयमा छलफल गरेका थिए । छलफलमा सत्तासाझेदार मुख्य दल कांग्रेसका सभापति शेरबहादुर देउवादेखि प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओलीसम्मले टिकटकले ल्याएको विकृतिबारे बैठकमै छलफल गरेका थिए ।

प्रधानमन्त्रीले सामाजिक सञ्जाल प्रयोगसम्बन्धि निर्देशिका जारी गर्नलाई सहज होस् भन्ने उद्देश्यले बैठक राखेका थिए । उक्त बैठकमा सबै दलका नेताहरुले कुनै न कुनै रुपमा विकृति फैलाइरहेका माध्यमहरुलाई नियमन जरुरी रहेको भन्ने साझा अभिव्यक्ति पाएपछि सरकारले सोमबारको बैठकबाट टिकटकलाई बन्द गर्ने निर्णय गरेको हो ।

नीतिगत रूपमा आजदैखि बन्द भयो । प्राविधिक रूपमा कति समय लाग्छ भन्ने कुरा हो । प्राविधिक रूपमा आवश्यक पर्ने व्यवस्था सञ्चार मन्त्रालयले मिलाउनेछ,ु सञ्चारमन्त्री शर्माले भनिन् । लगातार सामाजिक सञ्जाल टिकटकबाट लगातार रूपमा सामाजिक सद्भाव बिथोलिने गरेर र हाम्रो पारिवारिक संरचना, सामाजिक सम्बन्धलाई खलल हुनेगरी लगातार प्रचारप्रसार भइरहेको पनि मन्त्री शर्माले बताइन् ।


टिकटक बन्द गर्ने सरकारको निर्णयलाई लिएर तत्काल दुईथरी प्रतिक्रिया आएका छन् । यो निर्णयलाई लिएर समाजिक सञ्जालहरुमै पनि फरक फरक मतहरु प्रकट भएका छन् । कांग्रेस महामन्त्री गगन थापाले बन्द नै गर्ने चाहिँ सरकारको उल्टो बाटो भएको प्रतिक्रिया दिएका छन्। केहीले यो निर्णय ठीक भएको पनि बताएका छन् । बन्द गर्ने कुरा ठीक नभएको भन्नेहरुले अभिव्यक्ति स्तवन्त्रताको अधिकारप्रति इंगित गरेका छन् । तर अभिव्यक्ति स्वतन्त्रता प्रयोग अराजकताको हदमा नहुने सरकारको धारणा छ ।

सञ्चारमन्त्री शर्माका अनुसार अभिव्यक्ति स्वतन्त्रता आधारभूत अधिकार भए पनि जसले जसलाई जे बोले पनि हुने प्रवृत्ति बढेको भन्दै सरकारले टिकटक बन्द गर्ने निर्णय गरेको हो । पछिल्लो ४ वर्ष ३ महिनाभित्रमा नेपाल प्रहरीमा १ हजार ६ सय ४८ वटा साइबर अपराधका उजुरी दर्ता भएकोमा अधिकांश टिकटकसँग सम्बन्धित भएको तथ्यांक छ । टिकटक बन्द भएपछि अहिले सामाजिम सञ्जालमा विरोध र समर्थन भइरहेका छन् ।