Sunday, June 01, 2025

२०८२ जेष्ठ १९, आईतवार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

दुई महिनामा भित्र ९३ वटा ब्रोकर सञ्चालनमा ल्याउनेःअध्यक्ष हमाल


दुई महिनामा भित्र ९३ वटा ब्रोकर सञ्चालनमा ल्याउनेःअध्यक्ष हमाल

काठमाडौं । नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेश कुमार हमालले अब दुई महिनामा भित्र ९३ वटा ब्रोकर संचालन ल्याउने बताएका छन् । बोर्डको ३१औं वार्षिकोत्सवको अवसरमा आयोजित एक समारोहमा अध्यक्ष हमालले यस्तो बताएका हुन् । दिएका हुन् । उनले पछिल्लो सयम थप १८ ब्रोकरलाई लाइसेन्स दिएको बताएका छन् ।

सोही अवसरमा अर्को वर्षदेखि भने कमोडिटी एक्सचेञ्ज संचालन गर्ने लक्ष्य रहेको अध्यक्ष हमालले बताएका हुन् । बोर्ड पछिल्लो समय डिजिटलमा उल्लेखित सुधार गर्दै आफ्ना सम्पूर्ण कामलाई पूर्ण रुपमा डिजिटल गर्न लागि परेको बताएका छन् । उनले आइपीओ निष्काशनको प्रक्रियालाई सरल र सहज बनाएको बताएका छन् ।

आइपीओ अनुमतिका लागि पनि ४५ दिनभित्र गर्ने उनको भनाई थियो । बोर्डले एनआरएन लगानी भित्र्याउने कुरा निकै स्वागत योग्य रहेको बताएका छन् । सोही अवसरमा सि आस्बा लाग्ने गरेको शुल्क मिनाहाले ५० लाख लगानिकर्ता लाभान्वित भएको उनले बताए ।कर्मचारीको क्षमता वृद्धि विकास गर्न जरुरी रहेको बताउदैं वित्तीय साक्षरता बढाउन क्यापिटल मार्केट ईन्स्टिच्युट संचालन गर्ने तयारी रहेको हमालले बताए ।