काठमाडौं, ३ साउन । काठमाडौं महानगरपालिकाले अनामनगरमा रहेको भद्रकुमारी घले सेवा सदनको भवन भत्काएको छ ।
सार्वजनिक जग्गा अतिक्रमण गरी भद्रकुमारी घले सेवा सदन सञ्चालन गरेपछि महानगर प्रहरीले उक्त भवनमा बुधबार डोजर चलाएको हो ।
यसअघि महानगर प्रहरीले भवन खाली गर्न सूचना दिएको थियो । तीन दिनअघि उक्त भवन खाली गर्न आग्रह गर्दा पनि नटेरेपछि बुधबार डोजर चलाएको नगरप्रहरीले जनाएको छ ।
सदनमा ठूलो संख्यामा प्रहरी समेत परिचालन गरिएको छ। उक्त भवनमा आश्रम सञ्चालन गरिराखेको थियो । त्यहाँ असहाय अशक्त वृद्धवृद्धाहरुलाई आश्रय दिइरहेको थियो । यो आश्रम २०६२ सालमा सञ्चालन गरेको थियो ।
भद्रकुमारी घलेले संग्रहालयमा भएको आफनो सामान सुरक्षित साथ घरमा पुयाईदिन आग्रह गरेको नगरप्रहरी प्रमुख राजु पाण्डेले बताए ।
उनले भने,‘उहाँ आमाले नै मलाई फोन गरे मेरो महानगरको अभियानमा मेरो समर्थन छ । मेरो सामानहरु सुरक्षित घरमा पुयाईदिनु भन्नुभएको छ । नगरप्रहरीले गाडी बोलाएर संग्रालयको सामान घरमा पुयाईदिन लागेकोछ । ’ सदनमा रहेको अनधिकृत संरचना सबै हट्ने उनले बताए ।