Saturday, May 04, 2024

२०८१ बैशाख २२, शनिबार

विजनेस दर्शन || Online Portal

कीर्तिपुर नगरपालिका —१० हस्पिटल रोड

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । कीर्तिपुर नगरपालिका —१० हस्पिटल रोड

Call: फोन नं. 9828136583

[email protected]
amardeep agarbatti

राज्यव्यवस्था समितिद्धारा निर्माणाधीन सङ्घीय संसद् भवनको अनुगमन [फोटो फिचर]


राज्यव्यवस्था समितिद्धारा निर्माणाधीन सङ्घीय संसद् भवनको अनुगमन [फोटो फिचर]

काठमाडौं ।  प्रतिनिधिसभा राज्यव्यवस्था तथा सुशासन समितिले आज सिंहदरबारमा निर्माण भइरहेको संघीय संसद्को नयाँ भवनको अवलोकन गरेको छ ।  समितिका सभापति रामहरी खतिवडाको नेतृत्वमा समितिका सांसदहरुले अवलोकन गरी भवन निर्माणको अवस्था बारे जानकारी लिए ।  

भवन अवलोकनका क्रममा सहरी विकास मन्त्री सीता गुरुङले भवन निर्माण कार्यलाई गति दिन र प्रभावकारी बनाउन आफू लागिरहेको बताइन ।

मन्त्री गुरुङले पछिल्लो पटक थपिएको समय सकिने आगामी चैत १५ गतेभित्र काम सक्नेगरी गर्न निर्माण कम्पनीसँग कुरा गरिरहेको पनि बताइन । राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरी खतिवडाले थपिएको समयमा काम सम्पन्न गर्नका लागि कामलाई तीव्र गतिमा अगाडी बढाउनु पर्ने भन्दै अहिलेकै अवस्थामा तोकिएको समयमा काम सकिने अवस्था नदेखिएको बताए । 

भवन निर्माणका लागि ६-६ महिना गरेर तस्रो पटक म्याद थपिदा समेत हालसम्म भौतिक प्रगति ७७ प्रतिशत र वित्तीय प्रगति ६८ प्रतिशत भएको आयोजनाका निर्देशक मचाकाजी महर्जनले जानकारी दिए । 

सहरी विकास मन्त्रालय र निर्माण कम्पनी टुण्डी सेक ज्वाइन्ट भेञ्चरबीच २०७६ साल असोज १६ गते भएको सम्झौताअनुसार सङ्घीय संसद् भवन तीन वर्षभित्र अर्थात् २०७९ असोज १५ गतेसम्म निर्माण भइसक्नुपर्ने थियो । 

पटक म्याद थप्दा पनि निर्धारित समयमा भवन निर्माण पूरा हुन सकेको छैन । सरकारले संघीय संसद्को आगामी हिउँदे अधिवेशन आफ्नै भवन सिंहदरबारबाट सुरु गर्ने गरी तयारी गरिरहेको भएपनि निर्माणाधीन भवनको प्रगति हेर्दा अझै त्यो अवस्था नदेखिएको अवलोकनका क्रममा सांसदहरुले बताए । 

१ सय ५१ रोपनी क्षेत्रफलमा निर्माण भइरहेको परियोजना अन्तर्गत प्रतिनिधिसभा भवन, राष्ट्रियसभा भवन, अतिविशिष्ट कक्ष र संघीय संसद् सचिवालय, दलको कार्यालय र अन्य कार्यालयलगायत १२ भवन रहेका छन् । संसद् भवनभित्र मुख्य भवन आठवटा हुनेछन् । भवनभित्र तीन सय ५० सिट क्षमताको संयुक्त लबी हुनेछ भने सानाठूला गरी १० वटा संसदीय दलका कार्यालय हुने छन् । यसका चार अतिरिक्त विशिष्ट कक्ष, दुई संसद् सचिवालय भवन, संसद् लाइब्रेरी, क्यान्टिन र तीन सय ९ वटा गाडी पार्किङ क्षमता हुनेछ । भवन निर्माणका लागि अनुमानित खर्च छ अर्ब ९२ करोड रुपैयाँ रहेको छ ।