Thursday, November 21, 2024

२०८१ मंसिर ६, बिहीबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

काठमाडौं महानगरकै आयोजनामा जारी दशैँ महोत्सवमा उत्साह छैन [फोटो फिचर]


काठमाडौं महानगरकै आयोजनामा जारी दशैँ महोत्सवमा उत्साह छैन [फोटो फिचर]

काठमाडौं । ‘नेपाली उत्पादनको प्रवर्दन हाम्रो अभियान’ भन्ने नारा सहित राष्ट्रिय सभा गृहमा जारी दशैँ महोत्सवमा उत्साह छैन् । घरेलु तथा साना उद्योग संघ काठमाडौं र काठमाडौं महानगरपालिकाको संयुक्त आयोजनामा जारी दोस्रो जिल्ला स्तरिय कृषि तथा घरेलु उद्योग मेला तथा दशैँ महोत्सवमा अवलोनक कर्ताको उपस्थिती नै छैन ।


स्थानीय उद्योग र काठमाडौं महानगरपालिकाभित्रका विभिन्न समुहले उत्पादन गरेका बस्तुहरु प्रदर्शनमा राखिने भनिए पनि अधिकांस स्टल खालि छन् । महानगरपालिकाका कयौं वडाले आफ्ना उत्पादन प्रर्दशनिमा राखेकै छैनन् ।


केहि वडाले प्रर्दशनिमा राखेका बस्तुहरुलाई उठाइ सकेका छन् । केहिले शनिवारसम्म मानिसहरुको चहलपहलको आशा गरेको छन् । महानगरपालिकाभित्रका वडाहरुले आफ्नो स्थानीय उत्पादन राख्ने भनिएपनि मेलामा केहि बाहिरका व्यक्तीहरुले प्रर्दशनिमा सामान राखेको देखिन्छ ।

स्टल भाडामा लिएकाहरुले महानगरले मेलाको प्रचारप्रशारमा खास्सै वास्ता नगर्दा मानिसहरुको चहलपहल नभएको गनासो गरेका छन् । घरेलु तथा साना उद्योग संघ काठमाडौंका सचिव जितेन्द्र कुमार श्रेष्ठले घरेलु उत्पादन र साना उद्योगहरुको प्रोत्साहनकालागि मेलाको आयोजना गरिएको बताए । बिहिबार हामी पुग्दा कतिले सामान सारिसकेका थिए भने, कतिले सामान सार्दै थिए ।  यसो त, लगातारको बर्षाका कारण काठमाडौं उपत्यका सहित देशका विभिन्न स्थानमा बाढीपहिरोले क्षति पुर्याएपछि यस पटक दशैँ किनमेलमा खास्सै उत्साह देखिदैन ।