काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले मंगलबार सर्वदलीय बैठक बोलाएका छन् । प्रधानमन्त्री दाहालले जाजरकोट भूकम्पपछिको उद्धार, राहत र पुनर्स्थापनाका विषयमा छलफल गर्न सर्वदलीय बैठक बोलाएका हुन् । बैठक दिउँसो २ बजेपछि सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्नेछ । गत शुक्रबार मध्यरातमा गएको भूकम्पका कारण जाजरकोट र रुकुमपश्चिममा १५३ जनाको मृत्यु भइसकेको छ भने साढे ३ सय जना घाइते छन् । दुई जिल्लामा गरी १७ हजार ७ सयभन्दा धेरै घरहरू पूर्णरुपमा क्षतिग्रस्त भएका छन् ।
प्रधानमन्त्री दाहालले बोलाए सर्वदलीय बैठक