Saturday, June 28, 2025

२०८२ असार १४, शनिबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

bdmh4567@gmail.com

अर्थमन्त्री ज्यू,बजेटले गरिबका समस्या सम्बोधन गरेको छ ? सुमना श्रेष्ठ


अर्थमन्त्री ज्यू,बजेटले गरिबका समस्या सम्बोधन गरेको छ ? सुमना श्रेष्ठ

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सुमना श्रेष्ठले सरकारको कर नीतिले ‘गरिबलाई कर थोपर्ने काम भएको बताएकी छन् । त्यसकालागि आफ्नो पार्टीले सशक्त ढंगले विरोध गर्ने बताइन् । बुधबार प्रतिनिधिसभा बैठकमा सरकारले ल्याएको आगामी आर्थिक वर्षको बजेटमाथिको छलफलमा भाग लिँदै उनले गरिबलाई झन् गरिब बनाउने गरी कर नीति ल्याएको भन्दै त्यसको विरोधमा आफूहरुले संसद बैठक समेत अवरुद्ध गर्न सक्ने चेतावनी दिइनन् ।

सांसद श्रेष्ठले दैनिक उपभोग्य खाद्यान्नमा समेत सरकारले १३ प्रतिशत कर लिने नीति लिएकोमा आपत्ति जनाउँदै सो नीति स्वीकार्य नहुने बताइन् । गरिब किसानलाई राहत दिने कार्यक्रम बजेटमा के छ भन्दै अर्थमन्त्री डा. प्रकाशशरण महतलाई प्रश्न समेत गरिन । सांसद श्रेष्ठले भनिन्, ‘‘गरिबलाई कर थोपर्ने काम भयो । करको नियम कस्तो बनाएका छौं भने गरिब झन् गरिब बनाउने, अनि कुपोषण निवारणको ठूल्ठूला कुरा गर्ने ? गरिबको कथा सुनाउने दातृ संस्थालाई ।

गरिबलाई यसमा लेखिएको करले कसरी सहुलियत दिन्छ भनेर प्रक्षेपण देखाउनुस् । अब त कस्तो भयो भने आफूले टार्गेट गरेको कर उठेन भने अव त अर्को वर्ष तपाईले सासमा पनि कर लगाउनु हुन्छ । हरेक सासको कति मोल लिनुहुन्छ ? यो सदन पटकपटक राजनीतिक हिसाबले रोकिएको छ । जनताको लागि अब हामी रोक्छौं। यस्तो गरिबलाई बढी गरिब बनाउने कर स्विकार्य छैन । यसको विरोध गर्छौ ।’ सांसद श्रेष्ठले गरिबीलाई देखाएर दातृ निकायबाट बजेट ल्याउने र उनीहरुलाई मारमा पार्ने काम हुनै नसक्ने जिकिर गरिन ।