Friday, November 22, 2024

२०८१ मंसिर ७, शुक्रबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

समाधान होला उखु किसानका समस्या ? सुझाव उपसमिति गठन


समाधान होला उखु किसानका समस्या ? सुझाव उपसमिति गठन

काठमाडौं, ३१ जेठ । लामो समय समस्यामा रहेका उखु किसानहरुको समस्या समाधान गर्न कृष्णकुमार श्रेष्ठको संयोजकत्वमा चिनी उद्योग तथा उखु किसानका समस्या समाधान र सुझाव उपसमिति गठन भएको छ। प्रतिनिधि सभा अन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बुधबार बसेको बैठकले पाँच सदस्यीय चिनी उद्योग तथा उखु किसानका समस्या समाधान र सुझाव उपसमिति गठन गरेको हो।

समिति सचिव रामकुमार पौडेलले उखु किसान र उद्योगबीचका समस्या अध्ययन गरी समाधान गर्नको लागि समिति सदस्य कृष्णकुमार श्रेष्ठ संयोजक रहने गरी पाँच सदस्यीय उपसमिति गठन भएको बताए । उपसमिति सदस्यमा कान्तिका सेजुवाल, गणेश पराजुली, रामशंकर यादव र सूर्यमान दोङ तामाङ रहेका छन् । उनले समितिलाई अध्ययन प्रतिवेदनको लागि एक महिनाको समय दिइएको बताए । उनले समितिले उद्योगी व्यवसायीसहितको छलफल गरेर अध्ययन प्रतिवेदन समिति बैठकमा पेस गर्ने कार्यादेश दिएको बताए ।

आज बसेको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ताहीत समितिको बैठकमा नेपाल आलय निगमले पेट्रोलियम पदार्थको मूल्य निर्धारण गर्दा उपभोक्ताको हित गरेन, सुनचाँदी व्यवसायीले सुन आयातमा बढाएको कर र श्रम रोजगारको विषयमा छलफल भयो। यो विषयमा आगामी बैठकमा सम्बन्धित निकायका पदाधिकारी राखेर छलफल गर्ने निर्णय भएको थियो । उखु किसान लामो समयदेखि आन्दोलनमा रहेकाले समितिले सम्बोधन गर्नुपर्छ भनेर उखु किसानको मिल उद्योगले पैसा नदिएको भन्ने विषयमा अध्ययन गर्नको लागि एउटा उपसमिति बनाएको छ।

समिति सदस्य कृष्णकुमार श्रेष्ठ संयोजक रहेको पाँच सदस्य अध्ययन उपसमिति गठन भएको छ। उपसमितिको नाम चिनी उद्योग तथा उखु किसानका समस्या समाधान र सुझाव उपसमिति गठन गरिएको छ। समिति संयोजकमा कृष्णकुमार श्रेष्ठ, सदस्यमा कान्तिका सेजुवाल,गणेश पराजुली, रामशंकर यादव र सूर्यमान दोङ रहेका छन्। समितिलाई अध्ययन प्रतिवेदनको लागि एक महिनाको समय दिइएको छ। समितिले उद्योगी व्यवसायी सहितको छलफल गरेर अध्ययन प्रतिवेदन समिति बैठकमा पेस गर्ने कार्यादेश दिएको छ।’

बैठकमा समिति सदस्य कृष्णकुमार श्रेष्ठले उखु किसानलाई धेरै समस्या रहेको बताए । उनले उखु किसानका समस्या समाधानको लागि समितिले तत्काल कदम चाल्नुपर्ने आवश्यकता रहेको बताए ।