Saturday, November 23, 2024

२०८१ मंसिर ८, शनिबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

अब सरकारी कागजातमा मंगलबारदेखि नेपाल संवत् उल्लेख गरिने


अब सरकारी कागजातमा मंगलबारदेखि नेपाल संवत् उल्लेख गरिने

काठमाडौं । सरकारले मंगलबारबाट सबै सरकारी कागजातमा नेपाल संवत् उल्लेख गर्ने भएको छ । मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले यस्तो निर्णय गरेको हो । 'मिति २०८०/७/२८ देखि सुरु हुने नेपाल संवत् ११४४ को उपलक्ष्यमा सबै नेपालीमा हार्दिक शुभकामना व्यक्त गर्ने ।

नेपाल संवत् ११४४ देखि विक्रम संवत् उल्लेख गरिने सरकारी कागजातमा नेपाल संवत्‌समेत उल्लेख गर्ने' मन्त्रिपरिषद्को बैठकको निर्णयमा छ । नेपाल संवत् नेपालको आफ्नै मौलिक संवत् भएकाले यसलाई सरकारी प्रयोजनमा ल्याउनुपर्ने माग हुँदै आएको थियो । त्यही मागलाई सम्बोधन गर्दै सरकारले मंगलबारदेखि विक्रम संवत् लेखिने सबै कागजातमा पनि नेपाल संवत् राख्ने निर्णय गरेको हो ।