Saturday, November 23, 2024

२०८१ मंसिर ८, शनिबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

अन्तर्राष्ट्रिय बजारमा नेपाली अलैँचीको माग बढ्दै, २ महिनामा डेढ अर्बको बिक्री


अन्तर्राष्ट्रिय बजारमा नेपाली अलैँचीको माग बढ्दै, २ महिनामा डेढ अर्बको बिक्री

काठमाडौं, दुई महिनामै नेपालले डेढ अर्बको अलैँची निर्यात गरेका छन। चालू आर्थिक वर्ष २०८०,८१ को साउन र भदौमा नै नेपालले १ अर्ब ५० करोड ५ लाख बढीको अलैँची निर्यात गरेको हो । भन्सार विभागका अनुसार दुई महिनामा १ हजार ३३७ मेट्रिक अर्थात् १२ लाख १२ हजार ७६० केजी अलैँची निर्यात भएको छ। जुन गत आवको सोही अवधिको तुलनामा भने १२० प्रतिशतले वृद्धि भएको छ। गत आवको साउन–भदौमा ६८ करोड ९ लाख रुपैयाँ बराबरको ८ लाख ४० हजार ८७४ केजी अलैँची निर्यात भएको थियो।

नेपालबाट भारत, युएई, जर्मनी, इटली, पाकिस्तान, अमेरिका लगायतका देशहरूमा अलैँची निर्यात हुने गरेको छ। विशेषगरि मसला उत्पादनमा प्रयोग हुने अलैँची भारतमा बढी निर्यात हुन्छ। चालू आवको दुई महिनामा भने भारतमा मात्रै निर्यात भएको छ। अघिल्लो वर्षको उत्पादन अलैँची नै साउन र भदौमा निर्यात भएको अलैँची व्यवसायी सङ्घका अध्यक्ष निर्मलले बताएका छन् ।अघिल्लो वर्षको उत्पादित स्टक अलैँची नै साउन र भदौमा निर्यात भएको हो । क्यारी ओभर जति माल आएको थियो, यो वर्षको उत्पादन होइन।

असार मसान्तपछि क्यारी भएर आउँछ, त्यही रहेको स्टक अलैँची हो–अध्यक्षले भने। अहिले विगतका वर्षको तुलनामा मूल्यमा पनि केही सुधार आएकाले निर्यात बढेको उनले बताए। निकै लामो समयपछि मूल्य वृद्धि भएकाले अलैँची किसानहरू उत्साहित छन्। अन्तर्राष्ट्रिय बजारमा पनि यसको माग पनि बढेको छ । तर, नेपाली अलैँचीको माग बढेपनि समग्रमा यस वर्ष भने ५० प्रतिशत उत्पादन घट्ने अध्यक्षले बताए।अहिले नेपालमा १८ हजार हेक्टर जमिनमा अलैँची खेती भएको छ।

तर, ३५ हजारदेखि ४० हजार हेक्टर जमिनमा अलैँची खेती गर्न सकिन्छ। अलैँचीका लागि योग्य सबै जमिनमा खेती विस्तार गर्न सके यसको निर्यात अझै बढ्ने व्यवसायीहरू बताएका छन्। विदेशमा निकासी गरेर विदेशी मुद्रा कमाउन सकेता पनि खासै अलैँची किसानहरू बढी लाभान्वित हुन सकेका छैनन् ।