काठमाडौं । सरकारले सेयर बजारका लागानीकर्ताको लगानी सुरक्षा र बजार विस्तारीकरण गर्नेगरी बजेटरी व्यवस्था गरेको छ । आर्थिक वर्ष २०८०/८१ को बजेट वक्तव्य संसदमा प्रस्तुत गर्दै अर्थमन्त्री डा. प्रकाशशरण महतले पूँजी बजार पारदर्शी, प्रतिस्पर्धी बनाई लगानीकर्ताको हित सुनिश्चित गर्ने घोषणा गरे । पूँजी बजारमा संस्थागत लगानी प्रोत्साहन गर्ने, धितोपत्र बजारका वास्तविक क्षेत्रमा गैरआवासीय लगानी प्रोत्साहन गर्ने, धितोपत्र औजारको विविधिकरण गरिने, कमोडिटी एक्सचेञ्ज मार्केट र एसएमईज प्लेटफर्म सञ्चालनमा ल्याइने बजेटमा भनिएको छ ।
सेयर बजारका लागानीकर्ताको लगानी सुरक्षाकोलागि बजेटमा के छ?