Sunday, November 09, 2025

२०८२ कार्तिक २४, आईतवार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

निजी क्षेत्रले नेवानिसँग सहकार्य गर्ने सम्झौता


निजी क्षेत्रले नेवानिसँग सहकार्य गर्ने सम्झौता

काठमाडौं,नेपाल वायुसेवा निगम (नेवानि) र नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ, नेपाल चेम्बर अफ कमर्स र राष्ट्रिय व्यावसायिक पहलबीच द्विपक्षीय लाभ हासिल गर्ने लक्षसहित सम्झौता गरेका छन्।

सम्झौतामा निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारी, महासंघका तर्फबाट एनवाइइएफका प्रथम उपाध्यक्ष कुशलसुन्दर श्रेष्ठ, परिसंघका तर्फबाट युवा उद्यमी मञ्च कोशी प्रदेशका अनमोल प्रधान, च्याम्बरका तर्फबाट अध्यक्ष राजेन्द्र मल्ल र राष्ट्रिय व्यावसायिक पहलका तर्फबाट अध्यक्ष कुशकुमार जोशीले हस्ताक्षर गरेका हुन्।

सम्झौता अनुसार निगमले उडान गर्ने गन्तव्यमा चारवटा संस्थामा आबद्ध पदाधिकारी, सदस्यहरू, कर्मचारी र तिनका परिवारले विदेश यात्रा गर्दा निगमको जहाजबाट यात्रा गर्ने प्रतिबद्धता व्यक्त गरिएको छ।यस्तै, उल्लिखित संस्थाहरूले आयोजना गर्ने राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कार्यक्रममा निगमको प्रवद्र्धन गर्नुपर्ने र निगमले भाडादरमा १५ प्रतिशत छुट दिने व्यवस्था सम्झौतामा गरेको छ।