Sunday, June 01, 2025

२०८२ जेष्ठ १९, आईतवार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

रवि लामिछानेलाई काठमाडौं हुँदै पोखरा लगियो


रवि लामिछानेलाई काठमाडौं हुँदै पोखरा लगियो

काठमाडौं। सहकारी ठगी प्रकरणमा पक्राउ परेका रवि लामिछानेलाई काठमाडौंबाट पोखरा लगिएको छ। पर्सामा बयानपछि उनलाई काठमाडौं ल्याइएको थियो। बुधबारै पर्साबाट काठमाडौं ल्याएर उनलाई विमानमा पोखरा लगिएको हो।

लामिछाने गत २ कात्तिकमा पक्राउ परेका थिए। त्यसपछि उनलाई पोखरा लगिएको थियो। सुरुमा उनीविरुद्ध पोखराको सूर्यदर्शन सहकारीमा ठगी गरेकोमा उजुरी परेकाले पोखरा लगिएको हो।

जिल्ला सरकारी वकिल कार्यालय पर्साका प्रमुख भोलानाथ निरौलासहितको टोलीले लामिछानेसँग बयान लिएको थियो। सहकारी ठगी गरेको भन्दै पक्राउ परेका लामिछानेलाई गत कात्तिक २ गते काठमाडौंबाट पक्राउ गरेर पोखरा लगिएको थियो।

जिबी राई नेतृत्वको सहकारीहरूवाट ग्यालेक्सी टेलिभजनमा लगानी गर्दा उनी पनि संलग्न भएको उजुरी पछि उनलाइ कास्की प्रहरीले पक्राउ गरेको हो। त्यसपछि सोही प्रकरणमा कास्कीसहित रूपेन्देही, काठमाडौं, चितवनमा उनको बयान लिइसकेको छ।