Sunday, June 01, 2025

२०८२ जेष्ठ १९, आईतवार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

उखुको नयाँ समर्थन मूल्य निर्धारण, प्रतिक्विन्टल ५८५ रुपैयाँ


उखुको नयाँ समर्थन मूल्य निर्धारण, प्रतिक्विन्टल ५८५ रुपैयाँ

काठमाडौँ । सरकारले उखुको समर्थन मूल्य निर्धारण गरेको छ । गत वर्षभन्दा २० रुपैयाँ वृद्धि गरी नयाँ समर्थन मूल्य निर्धारण गरिएको हो । मन्त्रिपरिषद्को बिहीबारको बैठकले उद्योगी (उखु मिल)ले किसानहरूलाई उपलब्ध गराउने रकम प्रतिक्विन्टल ५ सय ८५ रुपैयाँ पुर्‍याइएको हो ।

सरकारले उखु किसानलाई अनुदान बापत दिने रकमको भने निर्णय गर्न बाँकी छ । उखु किसानलाई अनुदान बापत दिने रकम वृद्धि गर्नुपर्ने प्रस्ताव कृषि तथा पशुपक्षी विकास मन्त्री रामनाथ अधिकारीले गरेका छन् । तर, मुलुकको आर्थिक अवस्थालाई समेत ख्याल गरेर अनुदान बापत दिने रकम पछि निर्धारण गर्ने मन्त्रिपरिषद्ले निर्णय गरेको हो ।

सरकारले यसअघि उखु किसानलाई प्रतिक्विन्टल ७० रुपैयाँ अनुदान दिएको थियो । यो रकम उद्योगीहरुमार्फत किसानलाई दिने गरिएको छ ।