Saturday, November 23, 2024

२०८१ मंसिर ८, शनिबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

नेप्से ३६.८६ अंकले बढ्यो, ४ अर्ब ३० करोडको कारोबार


नेप्से ३६.८६ अंकले बढ्यो, ४ अर्ब ३० करोडको कारोबार

काठमाडौं । सेयर कारोबार मापक नेप्से परिसूचक मंगलबार ३६.८६ अंकले बढेको छ । अघिल्लो दिनको तुलनामा मंगलबार नेप्से १.८९ अंकले बढेको हो ।

योसँगै समग्र नेप्से परिसूचक १ हजार ९ सय ८५.४४ अंकमा उक्लेको हो । गत आइतबार १११ अंकले बढेको नेप्से सोमबार १५ अंकले घटेर बन्द भयो ।

तर, मंगलबार सुरुदेखि नै बजारले सुधारको बाटो समातेको थियो । कारोबार अवधिमा सामान्य उतारचढाव भएपनि अन्तत स् नेप्से करिब ३७ अंकले बढेको छ । मंगलबारको कारोबारमा केही टिकाउ देखिएको जानकारहरुले बताएका छन् ।

नेप्से बढेसँगै उक्त दिन ४ अर्ब ३० करोड ९० लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । कारोबारमा आएकामध्ये २ सय १४ कम्पनीको सेयर मूल्य बढ्यो, २४ वटाको घट्यो र ४ वटा कम्पनीको सेयर मूल्य स्थिर छ ।