काठमाडौं, श्रावण २६ । अर्थमन्त्री डा. प्रकाशशरण महतले महिला औद्योगिक पार्क अवधारणा अगाडि बढेको बताएका छन्। शुक्रबार दक्षिण एसियाली महिला मञ्चले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै मन्त्री महतले सो कुरा गरेका हुन् । देशैभरी लघु उद्यम व्यवसायमा महिलाहरुको सहभागिता छ ।
घर–घरमा उत्पादन भएका विभिन्न सामग्री व्यवसायीले निर्यात गरिरहेका छन् । आईटी सेक्टर पनि जोडिन थालेको भन्दै मन्त्री डा. महतले भने अहिले कृषि व्यवसायमा धेरै ठूलो सम्भावना देखिएको छ । डिटिजल संसारले एउटा अवसर पनि दिएको छ । बजारीकरण सहजै रुपमा गर्न सकिन्छ ।
सासानो स्केलमा उत्पादन भएको वस्तुलाई सङ्कलन गरेर उपभोक्तामाझ पुर्याउनुपर्छ । यसमा सरकारले भरपूर सहयोग गर्छ । मन्त्री डा. महतले दक्षिण एसियाली महिला मञ्चले राम्रो नेटवर्क विकसित गर्न सक्यो भने काम लाग्न सक्ने बताए ।