Wednesday, November 27, 2024

२०८१ मंसिर १२, बुधबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

लुम्बिनी प्रादेशिक इन्धन डिपोको डीपीआर तयार गर्न केयुसँग सम्झौता


लुम्बिनी प्रादेशिक इन्धन डिपोको डीपीआर तयार गर्न केयुसँग सम्झौता

काठमाडौं । नेपाल आयल निगमले लुम्बिनी प्रादेशिक इन्धन भण्डारण (डीपो) निर्माणका लागि विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार गर्न काठमाडौँ विश्वविद्यालयसँग सम्झौता गरेको छ ।

रुपन्देहीको ओमसतिया र रोहिणी गाउँपालिकामा निर्माणका लागि डीपीआर तयार गर्न बुधवार निगमका उपनिर्देशक प्रदीप यादव र  केयुको कन्सल्टेन्सी विभाग प्रमुख विवेक बरालले  सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।

एक करोड ९५ लाख ७६ हजार ५७८ रुपैयाँ ५५ पैसामा डीपीआर तयार गर्ने ६ महिनाभित्र डीपिआर तयार गर्ने सम्झौता भएको छ । निगमले चालू आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटमा रोहिणी नदी किनारमा रहेको करिब १४.७ बिघा जमिनमा आधुनिक डिपो निर्माण गर्ने बताएको छ । सो डिपो २०८४ मङ्सिरसम्म स्थानान्तरण गरिने निगमले जनाएको छ ।