काठमाडौं । राष्ट्रिय जीवनका विभिन्न क्षेत्रबाट विशिष्ट योगदान पु¥याउने महानुभावहरुलाई मुलुकले दिएको मानपदवी अलङ्कार तथा पदकजस्ता विभूषण बन्धकी तथा बिक्री नगर्न गृह मन्त्रालयले निर्देशन दिएको छ ।
मुलुकले कदर तथा सम्मान स्वरुप प्रदान गरिएको मानपदवी अलङ्कार तथा पदकजस्ता विभूषणको दुरुपयोग नगर्न आग्रह गर्दै मन्त्रालयले सूचना मार्फत् ध्यानाकर्षण गरेको हो ।
सूचनापत्रमार्फत् यदि कसैलाई विक्री गरेको पाईएमा, बन्धकीमा राखेमा वा विभुषणको मर्यादाविपरित हुनेगरी विभुषणको प्रयोग गर्न दिएमा कानून विपरित हुने र कोही कसैबाट उल्लेखित बमोजिमको गैह्र कानूनी कार्य गरेको पाईएमा निजले पाएको विभूषण रद्द समेत हुनसक्ने व्यहोरा जानकारी गरिएको छ ।