Thursday, December 05, 2024

२०८१ मंसिर २०, बिहीबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

चितवनमा सहकारी पीडित प्रदर्शन चलिरहँदा रवि समर्थक र प्रहरीबीच झडप


चितवनमा सहकारी पीडित प्रदर्शन चलिरहँदा रवि समर्थक र प्रहरीबीच झडप

काठमाडौं ।  सहकारी रकम दुरुपयोग प्रकरणमा रास्वपा सभापति रवि लामिछानेको बयान जारी रहँदा सहकारी पीडितहरूले पनि चितवनमा प्रदर्शन गरेका छन् । प्रदर्शन चलिरहँदा रास्वपा सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेका समर्थक र प्रहरीबीच झडप भएको छ ।

रवि लामिछानेलाई रिहाइ गर्न माग गर्दै प्रदर्शनमा उत्रिएका रास्वपा कार्यकर्ता र प्रहरीबीच झडप भएको हो। झडपका क्रममा केही प्रदर्शनकारी र प्रहरी घाइते भएका छन्।

स्थिती नियन्त्रणमा लिन प्रहरीले केही सेल अश्रु ग्यास समेत प्रहार गरेको छ ।

रविका समर्थकहरुले अहिले पनि प्रदर्शन गरिरहेका छन् । मंगलबार काठमाडौंबाट लामिछानेलाई बयानका लागि चितवन लगिएको थियो । बयान नसकिएपछि आज बुधबार पनि लामिछानेको बयान चलिरहेको छ ।