Tuesday, June 24, 2025

२०८२ असार १०, मंगलवार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

bdmh4567@gmail.com

नेपाल नागरिक उड्डयन प्राधिकरणले कोरियन एयरको उडानमा प्रतिवन्द


नेपाल नागरिक उड्डयन प्राधिकरणले कोरियन एयरको उडानमा प्रतिवन्द

काठमाडौं, असोज ८। नेपाल नागरिक उड्डयन प्राधिकरणले कोरियन एयरको उडान प्रतिवनद लागाउने निर्णय गरेको छ। प्राधिकरणले आगामी अक्टोबर २९ वीन्टर सेड्युलबाट कोरियन एयरको नियमित उडान रोक्ने निर्णय गरेको हो। नेपाल वायु सेवा निगम नेपाल एयरलाइन्सलाई कोरियाको नागरिक उड्डयन निकायले उडान अनुमति नदिएपछि कोरियन एयरले नियमित गरिरहेको उडान रोक्ने प्राधिकरणले बताएको हो।सामान्यतया दुई देशबीच नियमित उडान हुन हवाइ सेवा सम्झौता हुनुपर्छ।

नेपालले कोरियासँग हवाइ उडानका लागि सन् २००१ मा नै हवाइ सम्झौता गरेको थियो। जस अनुसार कोरियन एयरले नेपालका लागि सातामा चार उडान र नेपाल एयरलाइन्सले कोरियाका लागि सातामा चारवटै उडान गर्न पाउनुपर्ने हो। कोरियन एयरले अहिले नेपालमा साताको चार वटा उडान गरिरहेको छ। तर, हवाई सम्झौतामा दुई देशले नै उडान गर्न पाउने उल्लेख भएपनि कोरियन उड्डयन निकायले लामो समयदेखि अडिटको विषय उठाउँदै नेपाली वायु सेवा कम्पनीलाई उडान गर्न नदिएको प्राधिकरणका एक कर्मचारीलाई बताए।

नेपाल उड्डयन प्राधिकरणले कोरियन एयरलाई उडान अनुमति दिएपछि नेपाल एयरलाइन्सलाई पनि उडान अनुमति दिनुपर्थ्यो, उनले भने, तर विभिन्न कारण देखाउँदै नेपाली वायुसेवालाई उडान अनुमति दिन आलटाल गरिरहेको छ। केही वर्ष अगाडिदेखि नै नेपाल एयरलाइन्सले कोरिया उडान गर्न खोजिरहेको छ। तर, कोरियाले नेपाल एयरलाइन्सको अडिट गर्नुपर्ने भन्दै रोकिरहेको उनले बताए।

अब नेपाल एयरलाइन्सलाई कोरिया उडानका लागि अनुमति नदिएसम्म प्राधिकरणले कोरियन एयरको नियमित उडान रोक्नेछ, उनले थप भने, प्राधिकरणले कोरियन एयरको नेपालका लागि जनरल सेल्स एजेन्ट (जिएसए) युनिभर्सल ट्राभल्सलाई टिकट बिक्री नगर्न पत्र पठाइसकेको छ। अब भने कोरियन नागरिक उड्डयन निकायले नेपाल वायुसेवालाई उडान अनुमति नदिए आगामी कात्तिक १२ गतेपछि प्राधिकरणले कोरियन एयरलाइन्सको उडान रोक्ने भएको छ।