Friday, November 22, 2024

२०८१ मंसिर ७, शुक्रबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

जाजरकोट भूकम्पपीडितलाई सिटिजन्स बैंकको २५ लाख सहयोग गर्ने


जाजरकोट भूकम्पपीडितलाई सिटिजन्स बैंकको २५ लाख सहयोग गर्ने

काठमाडौं । कर्णाली प्रदेशको जाजरकोटमा शुक्रबार राति गएको विनाशकारी भूकम्पबाट पीडितको उद्धारका लागि सिटिजन्स बैंक इन्टरनेसनले २५ लाख रुपैयाँ सहयोग गरेको छ । बैंकले प्रधानमन्त्री दैवी प्रकोप उद्धार तथा राहत कोषमा आर्थिक सहयोगस्वरुप २५ लाख प्रदान गर्ने निर्णय गरेको हो ।

बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत स्वास्थ्य, शिक्षा लगायतका क्षेत्रमा सहयोग पुर्‍याउँदै आएको र भविष्यमा समेत यस्तो सेवा र सहयोगको काममा निरन्तरता दिने कुरा बैंकले जनाएको छ । सिटिजन्स बैंकले कर्णाली प्रदेशको भौगोलिक अवस्थालाई मध्यनजर गर्दै यस क्षेत्रका ग्राहकलाई सहजरुपमा कृषि, पशुपालन र जडिबुटीसम्बन्धी कर्जा उपलब्ध गराउँदै आएको छ ।

जसले गर्दा यस प्रदेशको अर्थतन्त्र चलायमान भई समग्र विकासमा टेवा पुगेको बैंकको दाबी छ । सिटिजन्स बैंक इन्टरनेसनलले देशैभरि फैलिएका आफ्ना १ सय ८८ वटा शाखा, १ सय ४८ वटा एटीएम र ९७ वटा शाखारहित बैंकिङ इकाईहरुबाट १६ लाख ६४ हजार ग्राहकवर्गलाई आधुनिक बैंकिङ सेवाहरु प्रदान गर्दै आएको छ ।