काठमाडौं । नेपाल बीमा प्राधिकरणका जीवन बीमा कम्पनीहरुले वैदेशिक रोजगारी बीमा अन्तर्गत झण्डै ३ अर्बको व्यवसाय गरेका छन् । नेपाल बीमा चालू आर्थिक वर्ष २०७९,८० को जेठ मसान्तसम्मको तथ्याङ्कले यस्तो देखाएको हो । चालू आवको ११ महिनामा जीवन बीमा कम्पनीहरुले वैदेशिक रोजगार बीमा व्यवसायबाट कुल २ अर्ब ९६ करोड ९२ लाख २२ हजार रुपैयाँ बीमा शुल्क उठाएका छ । वैदेशिक रोजगारीमा गएका नेपाली कामदारको १५ लाख ८३ हजार ७४६ वटा वैदेशिक रोजगार बीमालेख सक्रिय देखिएको छ ।
बैदेशिक रोजगारीमा जाने नेपाली कामदारहरु अनिवार्य रुपमा म्यादी बीमा गर्नुपर्दछ । सोही अनुसार नै गरिएको बीमामा सो संख्यामा पोलेसी सक्रिय देखिएको हो । पछिल्लो समय बैदेशिक रोजगार बीमालाई पुल मार्फत सञ्चालन गरिएको छ । हाल नेशनल लाइफ, नेपाल लाइफ, एशियन लाइफ, सुर्याज्योति लाइफ, आइएमई लाइफ, सन नेपाल लाइफ, रिलायवल लाइफ, सिटीजन लाइफ, सानिमा रिलायन्स लाइफ र प्रभु लाइफले वैदेशिक रोजगार बीमा गरिरहेका छन्।
वैदेशिक रोजगार बीमा जेठ महिनामा मात्रै कम्पनीहरुले २५ करोड ६० लाख रुपैयाँ बीमा शुल्क संकलन गरेका छन् । जेठमा कम्पनीहरुले ६० हजार ४२६ वटा वैदेशिक बीमालेख बिक्री गरेका हुन् । सो महिनामा कुल बीमाङ्क रकम ६० अर्ब ४२ करोड ६० लाख रुपैयाँ रहेको छ । समिक्षा अवधिमा वैदेशिक रोजगारी बीमाबाट सबैभन्दा धेरै सन नेपाल लाइफले बीमा शुल्क आर्जन गरेको छ । कम्पनीले जेठ मसान्तसम्म आईपुग्दा १ अर्ब २ करोड ३८ लाख रुपैयाँ बीमा शुल्क उठाएको हो । सो अवधिमा कम्पनीले ७ लाख ३६ हजार ७५२ बीमालेख सक्रिय देखिएको छ।
जेठ महिनामा मात्रै सन नेपाल लाइफले १५ हजार २४७ बीमालेख बिक्री गरि ६ करोड ३८ लाख ९२ हजार रुपैयाँ बीमा शुल्क संकलन गरेको छ । दोस्रो स्थानमा रहेको नेपाल लाइफले जेठ मसान्तसम्ममा वैदेशिक रोजगार बीमाबाट ४१ करोड ६४ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ। वैशाखमा मात्रै कम्पनीले १६ हजार २६० वटा बीमालेख बिक्री गरि ७ करोड ४३ लाख ४३ हजार रुपैयाँ बीमाशुल्क आर्जन गरेको छ । ११ महिनमा कम्पनीको १ लाख ९३ हजार ९३४ वटा वैदेशिक बीमालेख सक्रिय छ।
धेरै वैदेशिक बीमा व्यवसाय गर्नेको तेस्रो स्थानमा आइएमई लाइफ देखिएको छ । कम्पनीले जेठ मसान्तसम्ममा ३९ करोड ९७ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ । सो अवधिसम्ममा कम्पनीको सक्रिय वैदेशिक रोजगार बीमालेखको संख्या भने १ लाख ४८० वटा छन् । जेठ महिनामा मात्रै कम्पनीले ८ हजार २८३ वटा बीमालेख बिक्री गरि ३ करोड २९ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेको हो । वैदेशिक रोजगार बीमा व्यवसायमा सूर्यज्योति लाइफ चौंथो स्थानमा छ ।
जेठ मसान्तसम्ममा कम्पनीले ३७ करोड ८२ लाख रुपैयाँ बीमा शुल्क संकलन गरेको छ । जेठमा मात्रै कम्पनीले १ हजार ६७२ वटा बीमालेख बिक्री गरि ६८ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेको छ । जेठ मसान्तसम्ममा आईपुग्दा कम्पनीको सक्रिय वैदेशिक बीमालेखको संख्या २ लाख ७९ हजार ६९१ वटा छन्।
जेठ मसान्तसम्म आईपुग्दा सानिमा रिलायन्स लाइफे वैदेशिक रोजगार बीमाबाट २३ करेड ८७ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ । जेठमा मात्रै कम्पनीले ६ हजार १६ वटा बीमालेख बिक्री गरि २ करोड ४१ लाख रुपैयाँ बीमा शुल्क संकलन गरेको हो । यस्तै, सिटिजन लाइफले १८ करोड ४९ लाख, रिलायवल नेपालले १५ करोड ७८ लाख, नेशनल लाइफले १३ करोड २९ लाख, प्रभु लाइफले २ करोड २७ लाख र एशियन लाइफले १ करोड ३७ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेका छन् ।